समाचारको सङ्ग्रहालय
अमेरिकी न्युजियममा छ जना नेपाली पत्रकारको स्मारक

गत चैत २९ गते अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित पेन्सिल्भानिया
एभेन्युमा नया“खाले सङ्ग्रहालयको उद्घाटन गरियो । उद्घाटन समारोह
भन्नेबित्तिकै लाग्नसक्छ, कुनै नेता-मन्त्रीले रिबन काट्ने,
टेलिभिजन क्यामराको तामझाम आदि । अमेरिका न पर्यो † त्यसदिन
आगन्तुकहरूको बाक्लो भीडमा न्युजियम -समाचारको सङ्ग्रहालय)को
औपचारिक उद्घाटन भयोे ।
पोल्साक पार्टनरसीप आर्किटेक्टले डिजाइन गरेको न्युजियम ४५
करोड अमेरिकी डलरमा स्वतन्त्र प्रेसप्रति समर्पित संस्था प्रिmडम
फोरमले विभिन्न समाचार संस्थाहरूसमेतको सहयोगमा निर्माण गरेको
हो । विश्वभरिका पा“च सय अखबारको विद्युतीय प्रति प्रत्येक दिन
न्युजियममा पर््रदर्शन गरिन्छ । २० अमेरिकी डलर तिरेर भवनभित्र
नपस्दै आगन्तुकको दृष्टि पेटीमा राखिएका न्युज ग्यालरीमा पुग्छ,
जहा“ हरेक दिन अमेरिकालगायत अन्य देशका दैनिक अखबारका प्रथम
पृष्ठ सजाइएको हुन्छ । ग्यालरीमा ८० वटा दैनिक -जुनसुकै भाषा)का
प्रथम पृष्ठ राखिन्छ ।
समयकै उत्कृष्ट अन्तरक्रियात्मक सङ्ग्रहालय मानिएको न्युजियम
२ लाख ५० हजार वर्गफिटमा रहेको छ । न्युजियममा अमेरिकामाथि सेप्टेम्बर
११ मा भएको आक्रमणपछि -सेप्टेम्बर १२) मा प्रकाशित १ सय २७ अमेरिकी
र अन्य देशका समाचारपत्रका प्रथम पृष्ठ राखिएका छन् । अमेरिकी
संसद् र सरकारी कार्यालय -क्यापिटल) र राष्ट्रपति भवन -ह्वाइटहाउस)बीच
अवस्थित न्युजियमको अर्को आकर्षा हो- पुलिट्जर पुरस्कार प्राप्त
तस्बिरहरू । विश्वभरि विभिन्न समयमा भएका युद्ध, महत्त्वपर्ूण्ा
घटना, प्राकृतिक प्रकोप, वियोग आदि झल्काउने तस्बिरसहित फोटोग्राफरका
अनुभव पनि त्यसमा समेटिएको छ ।
न्युजियममा १४ वटा मुख्य ग्यालरी र १५ वटा थिएटर छन् । इन्टरएक्टिभ
न्युजरुम -अन्तरक्रियात्मक समाचारकक्ष)मा केहीबेरका लागि टेलिभिजन
प्रस्तोतासमेत बन्न सकिनेछ । यो कार्यक्रम स्कुले विद्यार्थीले
औधी रुचाएका छन् । साथै, आगन्तुकलाई केहीबेर संवाददाता र फोटोपत्रकार
बन्ने अवसरसमेत मिल्छ ।
न्युजियमका कार्यकारी निर्देशक जो उर्सर्ेेा अनुसार, यसको
उद्देश्य विश्वको प्रेस प्रणाली र त्यसले मानिसको जीवनमा पार्ने
असरबारे अध्ययनको प्रस्तुति गर्नु हो । सेप्टेम्बर ११ को आक्रमणबारे
सञ्चारकर्मीको भोगाइलाई लिएर बनाइएको वृत्तचित्र यसैको पुष्टि
हो । त्यसमा घटनाले मानिसका जीवनमाथि पारेको प्रभाव दर्शाइएको
छ ।
वर्ल्ड न्युज ग्यालरीमा टाइम पत्रिकाका संवाददाताले बोस्निया
र सराजेभोमा प्रयोग गरेको गोलीले क्ष्ँत्रि्रस्त भ्यान, इराकमा
बम विस्फोटमा घाइते भएका एबीसी टेलिभिजनका संवाददाता बब उड्रफको
ज्याकेट र पाकिस्तानमा मारिएका बालस्टि्रट जर्नलका संवाददाता
ड्यानियल पर्लले प्रयोग गरेको ल्यापटप राखिएको छ ।
त्यस्तै, पत्रकार स्मारकमा कामका दौरान मारिएका १ हजार ८ सय
पत्रकार/सञ्चारकर्मीको नाम अङ्कित छ । त्यसमा नेपालका छ जना
-पछिल्लोमा वीरेन्द्र शाह) छन् ।
दीपक अधिकारी/पेन्सिल्भानिया