Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

  नेपाल
  झटारो
  चरितचर्चा
  आँखीझ्याल
  अभिमत
  आउट अफ फ्रेम
  हामी नेपाली
  संवाद
  राजनीति
  छोटकरी
  आवरण
  सीमापारि
  शान्तिप्रक्रिया
  अर्थ
  खेलकुद
  डायास्पोरा
  प्रवास
  बसिबिया“लो
  जीवन र कला
  अनुभूति
  साहित्य
  पुस्तक
  इन्द्रेणी
  नोटबुक
 
  बसिबिया“लो

र्स्वर्ग छाडेर पातालको बयान


सौरभ

न्युजिल्यान्डमा पहिलो नेपाली किन्नु मलाई आपत्ति थिएन, जति बेलायततिर बरालि“दा पढ्नु आपत्तिजनक ठाने“ मैले । कर्णाली लोकसंस्कृति लेखिसकेका सत्यमोहन जोशी न्युजिल्यान्ड घुमाइप्रति आफ्नो भनाइ सुनाउने, सान बघार्ने हरेक हक राख्छन् पनि ।

जुम्लाको सामाजिक रूपरेखा, कर्णालीको अर्थ र इति, कर्णालीको खोजी र खबरी, रोलम्बमा कर्णालीको एथ्नोबोटनीसम्बन्धी सूची आदि-आदि लेखिसकेपछि रत्नाकर देवकोटाले न्युयोर्क हेरेर कस्तो अनुभव गरेछन् जान्ने जिज्ञासा मलाई हुनेछ, उनलाई मौका परेमा । किनभने, अब उनलाई त्यस्तो हक छ ।

नीलो राहदानी भएका संयुक्त राष्ट्रसङ्घीय सेवाका स-साना नेपाली कर्मचारीहरूले साङ्र्घाई र ब्युनस आयर्सको नियात्रा लेखेको मैले पढ्न पाएको छैन, जति उनीहरू अनुभव सुनाउ“छन् । तर, तिनलाई त्यस्तो लेख्ने भन्ने हक छ । किनभने, तीमध्ये अधिकांशले दुइदेखि १०-१५ जिल्ला छाडेर पैदल नेपाल भ्रमण गरेका हुन्छन्, देखेका हुन्छन् । तीते फापरको ढि“डो ज्यानमारा खुर्सानीस“ग खाएका हुन्छन् । त्यसैले मैले चाहेर पनि अप्रिलमा बेलायत पढिन“, कङ्गारुको देशदेखि आइफल टावर पढिन“, शिव रेग्मीले जोड नगरेको भए पछुताउनका निम्ति सभ्यताको दोसा“धमा पढ्ने थिइन“ ।

टोनी हेगनको नेपालमा लेखे अनुसार उनको सहायक एक शेर्पा थिए, जसले हेगनलाई नेपालको १४ हजार किलोमिटर पदयात्राका निम्ति सघाए । ती पहिलो नेपाली होलान्, जसले लालध्वज सुनुवारलाई पनि माथ गर्ने गरेर नेपाल घुमे होलान् । सम्भव भएको भए म तिनका अनुभव टेप गर्थें, 'ट्रान्सक्राइब' -उतार) गथर्ंर्ेे यस्तै कतै शृङ्खलाबद्ध गर्थें । तेन्जिङ शेर्पालाई जेम्स र्‍याम्से विलमानले माई स्टोरीका निम्ति सघाएजस्तै । तर, आज ती जीवित छन् भने पनि सम्झनाशक्ति हराइसक्यो होला ।

यसैकारण पनि हर्क गुरुङको भिनेट्स अफ नेपाल मन परेको हो । त्यसमाथि भौगोलिक, भौगर्भिक, ऐतिहासिक नृवंशशास्त्रीय वानस्पतिक अनेक छनकहरूले ओतप्रोत भएको यो कृति एउटा नमुना हो । विदेश भ्रमणका धाक लगाउनेहरूले, म गएको छु भन्नुपर्नेहरूले यसको नेपाली अनुवाद सही पढिदिऊन्  । नेपाल र िभेरा नहोला, हाङचाउ नहोला, लभोभ नहोला तर त्यति नरमाइलो, नराम्रो छैन । नरमाइलो, नराम्रो भइदिएको भए संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरू हौसिएर गइरह“दैन थिए- जोस“ग त्रि्रो हरयिोको तुलनामा संसार जान पाइने नीलो पासपोर्ट छ ।

रवीन्द्र बस्नेत दक्षिणी ध्रुव पुगेको कुरा सबैभन्दा पहिले मैले नै छापेको ह“ु । त्यसभन्दाअघि भुवन विश्वकर्माले एन्र्टार्कटिका टेकेको कुरा पनि मैले नै छापेको ह“ु । बेलायत र प|mान्सबाहेक श्रीलङ्का, एडन, इजिप्ट, माल्टा पुग्ने पनि जङ्गबहादुर नै हुन्- जहा“सम्म पद्मजङ्ग राणालाई मैले पढे“ । यसैले बस्नेतहरूले ठाउ“ पाउनुपर्ने थियो । त्यो त्ोन्जिङको भन्दा कम असाधारण उपलब्धि थिएन तर एङ्गोरेजबाट टोकियो हानिएर विश्व भ्रमण लेख्ने केशरशमशेर राणा शैलीका दाबी म पत्याउदिन“ र कदर गर्नु पनि छैन- जबसम्म त्यसले चा“दनी र दोधारा देखेको छैन, हिल्सा र फालेलुङ देखेको छैन, केचनाकवल र निर्मलीको रेल हेडयता सीमावारबिाट हेरेको छैन  ।

महेश्वर शर्माले रन्थमोल लेखे, नारायणप्रसाद क्षेत्रीले मुस्ताङ लेखे, ठाकुरप्रसाद कोइरालाले मनाङ लेखे । यी प्रमुख जिल्ला अधिकारीहरू थिए । तिनले जुनसुकै उद्देश्यले भए पनि आफूले नेपालका अनेक भागमा जीवनको अंश दिए, त्यसलाई नियाले, पहिचान गरे, देश चिने । अब विदेश चिन्न खोजेको तिनको प्रयास पाइए किन्न म चाहन्छु । किनभने, त्यस्तो सान बघार्ने हक उनीहरूलाई छ । म चाहन्छु, त्यस्तो सान अरू पर्ूव र बहालवाला प्रमुख जिल्ला अधिकारीले पनि बघारुन् ।

सगरमाथाको सेरोफेरो, लोकसंस्कृतिको घेरामा लमजुङ, चितवन दर्पण, मेरो नेपाल भ्रमण आदिबाट गुज्रेपछि धर्मराज थापा यस्तो एउटा ठाउ“ पुगून्, जहा“बाट नाभाहो रेड इन्डियनको गीत शर्ीष्ाकमा लेख्ने हक उनले राखून् र हामीलाई त्यो पढ्ने मौका मिलोस् ।

हुम्ला बोल्छ मान सरोवरमा- देवीचन्द्र श्रेष्ठबाट गुज्र“दा पनि मलाई मन पर्‍यो । छडुङको जङ्गलमा हराउ“दा- नरेन्द्रराज पौडेल पनि मन पर्‍यो, काजी रोशनको मान सरोवरमा डुबुल्की मार्दा पनि मन पर्‍यो । तर, धर्मराज थापाले अलिकति वैज्ञानिकता अपनाइदिएको भए लोकसंस्कृतिको घेरामा लमजुङ कुनै भिनेट्स अफ नेपालभन्दा कम हुने थिएन । दुःख त्यही“ लाग्छ, शब्द खर्चनमा कन्जुसी नगरेको भए सयरङ्गी घुम्टोभित्रको हुम्ला कम हुने थिएन ।

मैले अमेरकिाका ३५ राज्य घुमे“- सायद पाताल प्रवासमा यही वाक्य छ । हो भने नेपालका कति जिल्ला घुम्नुभएको छ - त्यो किताब पढिसकेपछि भेटेको छैन र पो प्रश्न नगरेको । खेलकुद परष्िाद्का पर्ूवसदस्य-सचिवहरूलाई जब सोध्ो“, 'कति जिल्ला पुग्नुभयो -' ७३ मा र मैले मेरी पत्नीलाई रारामा पौडी खेल्न सिकाएको भन्ने उत्तर सुनेपछि नाजवाफ हु“दा पनि मेरो धीत मर्‍यो- यो पो उचित जवाफ भयो । जसलाई जब छडुङको जङ्गलमा हराउ“दाका लेखकले सोधे- म १५ दिन दक्षिण कोरयिा बसे“, तपाईं पुग्नुभएको छ - मैले बीचैमा थपिदिए“- उहा“ १५ चोटि । यो पो उचित हस्तक्षेप भयो ।

हरकिान्तलाल दासको सप्तरीको राजनीतिक इतिहासभित्र पनि मैले नेपाल खोजेको छु, सप्तरी जान्न अरू केही नपाएर । बारा, पर्सर्ाारौतहट, सिराहा, महोत्तरी, पुरादित्यका अनेक बनौलीमाथि किन कोही लेख्दैनन् र त्यसपछि मात्र विदेश जाने राहदानी लिने लाइनमा बस्दैनन् - मैथिली संस्कृतिबाट म गुज्रनेबित्तिकै रामदयाल राकेश जापान लागे, त्यो तिनलाई भावीले पुरस्कृत गरेको ठाने“ मैले, जापानले होइन ।

नरपति शर्मा पोखरेलले त्यो धरान लेखेथे, गणेश प्रर्साईंले त्यो धनकुटा लेखे, राम्रो लाग्यो । ती विदेश गएको वृत्तान्त भएको भए पढ्थे“ हु“ला । भातलाई कीरा ठानेर थालभर िकीरा खान दियो भनी एउटा पहाडी ठिटो क्वा“क्वा“ रोएको घटना त्यो धनकुटाबाट म कहिल्यै बिर्सन्न ।

एट्लान्टाको बखान किन - तिमीले त्रि्रो देश कति देखेका छौ - किन भन्दैन कुनै खैरा - यसैले मैले जानाजान हिउ“दमा बेलायत कहिल्यै पढिन“, इजिप्टको भ्रमण पढ्दिन“, लाहोरदेखि लद्दाख पढ्दिन“- जानाजान पढ्दिन“ । पढ्नु छ भने त्यही देशको मानिसले लेखेको पढु“ला वा अन्य कुनै विदेशीले ।

अन्तर्रर्ााट्रय नियोगहरूमा जागिर खाएका र परराष्ट्र मन्त्रालायका कर्मचारीका नाताले संसार घुमेका नेपालीहरूलाई म हृदयदेखि धन्यवाद दिन्छु, जो नेपालमाथि लेख्ने सुकर्म गर्न नभ्याए पनि विदेशी यात्रावृत्तान्त थोपर्ने कुकर्म गररिहेका छैनन् ।


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur