र्स्वर्ग छाडेर पातालको
बयान

सौरभ
न्युजिल्यान्डमा पहिलो नेपाली किन्नु मलाई
आपत्ति थिएन, जति बेलायततिर बरालि“दा पढ्नु आपत्तिजनक ठाने“
मैले । कर्णाली लोकसंस्कृति लेखिसकेका सत्यमोहन जोशी न्युजिल्यान्ड
घुमाइप्रति आफ्नो भनाइ सुनाउने, सान बघार्ने हरेक हक राख्छन्
पनि ।
जुम्लाको सामाजिक रूपरेखा, कर्णालीको अर्थ
र इति, कर्णालीको खोजी र खबरी, रोलम्बमा कर्णालीको एथ्नोबोटनीसम्बन्धी
सूची आदि-आदि लेखिसकेपछि रत्नाकर देवकोटाले न्युयोर्क हेरेर
कस्तो अनुभव गरेछन् जान्ने जिज्ञासा मलाई हुनेछ, उनलाई मौका
परेमा । किनभने, अब उनलाई त्यस्तो हक छ ।
नीलो राहदानी भएका संयुक्त राष्ट्रसङ्घीय सेवाका
स-साना नेपाली कर्मचारीहरूले साङ्र्घाई र ब्युनस आयर्सको नियात्रा
लेखेको मैले पढ्न पाएको छैन, जति उनीहरू अनुभव सुनाउ“छन् । तर,
तिनलाई त्यस्तो लेख्ने भन्ने हक छ । किनभने, तीमध्ये अधिकांशले
दुइदेखि १०-१५ जिल्ला छाडेर पैदल नेपाल भ्रमण गरेका हुन्छन्,
देखेका हुन्छन् । तीते फापरको ढि“डो ज्यानमारा खुर्सानीस“ग खाएका
हुन्छन् । त्यसैले मैले चाहेर पनि अप्रिलमा बेलायत पढिन“, कङ्गारुको
देशदेखि आइफल टावर पढिन“, शिव रेग्मीले जोड नगरेको भए पछुताउनका
निम्ति सभ्यताको दोसा“धमा पढ्ने थिइन“ ।
टोनी हेगनको नेपालमा लेखे अनुसार उनको सहायक
एक शेर्पा थिए, जसले हेगनलाई नेपालको १४ हजार किलोमिटर पदयात्राका
निम्ति सघाए । ती पहिलो नेपाली होलान्, जसले लालध्वज सुनुवारलाई
पनि माथ गर्ने गरेर नेपाल घुमे होलान् । सम्भव भएको भए म तिनका
अनुभव टेप गर्थें, 'ट्रान्सक्राइब' -उतार) गथर्ंर्ेे यस्तै कतै
शृङ्खलाबद्ध गर्थें । तेन्जिङ शेर्पालाई जेम्स र्याम्से विलमानले
माई स्टोरीका निम्ति सघाएजस्तै । तर, आज ती जीवित छन् भने पनि
सम्झनाशक्ति हराइसक्यो होला ।
यसैकारण
पनि हर्क गुरुङको भिनेट्स अफ नेपाल मन परेको हो । त्यसमाथि भौगोलिक,
भौगर्भिक, ऐतिहासिक नृवंशशास्त्रीय वानस्पतिक अनेक छनकहरूले
ओतप्रोत भएको यो कृति एउटा नमुना हो । विदेश भ्रमणका धाक लगाउनेहरूले,
म गएको छु भन्नुपर्नेहरूले यसको नेपाली अनुवाद सही पढिदिऊन्
। नेपाल र िभेरा नहोला, हाङचाउ नहोला, लभोभ नहोला तर त्यति नरमाइलो,
नराम्रो छैन । नरमाइलो, नराम्रो भइदिएको भए संयुक्त राष्ट्रसङ्घका
कर्मचारीहरू हौसिएर गइरह“दैन थिए- जोस“ग त्रि्रो हरयिोको तुलनामा
संसार जान पाइने नीलो पासपोर्ट छ ।
रवीन्द्र बस्नेत दक्षिणी ध्रुव पुगेको कुरा
सबैभन्दा पहिले मैले नै छापेको ह“ु । त्यसभन्दाअघि भुवन विश्वकर्माले
एन्र्टार्कटिका टेकेको कुरा पनि मैले नै छापेको ह“ु । बेलायत
र प|mान्सबाहेक श्रीलङ्का, एडन, इजिप्ट, माल्टा पुग्ने पनि जङ्गबहादुर
नै हुन्- जहा“सम्म पद्मजङ्ग राणालाई मैले पढे“ । यसैले बस्नेतहरूले
ठाउ“ पाउनुपर्ने थियो । त्यो त्ोन्जिङको भन्दा कम असाधारण उपलब्धि
थिएन तर एङ्गोरेजबाट टोकियो हानिएर विश्व भ्रमण लेख्ने केशरशमशेर
राणा शैलीका दाबी म पत्याउदिन“ र कदर गर्नु पनि छैन- जबसम्म
त्यसले चा“दनी र दोधारा देखेको छैन, हिल्सा र फालेलुङ देखेको
छैन, केचनाकवल र निर्मलीको रेल हेडयता सीमावारबिाट हेरेको छैन
।
महेश्वर शर्माले रन्थमोल लेखे, नारायणप्रसाद
क्षेत्रीले मुस्ताङ लेखे, ठाकुरप्रसाद कोइरालाले मनाङ लेखे ।
यी प्रमुख जिल्ला अधिकारीहरू थिए । तिनले जुनसुकै उद्देश्यले
भए पनि आफूले नेपालका अनेक भागमा जीवनको अंश दिए, त्यसलाई नियाले,
पहिचान गरे, देश चिने । अब विदेश चिन्न खोजेको तिनको प्रयास
पाइए किन्न म चाहन्छु । किनभने, त्यस्तो सान बघार्ने हक उनीहरूलाई
छ । म चाहन्छु, त्यस्तो सान अरू पर्ूव र बहालवाला प्रमुख जिल्ला
अधिकारीले पनि बघारुन् ।
सगरमाथाको सेरोफेरो, लोकसंस्कृतिको घेरामा
लमजुङ, चितवन दर्पण, मेरो नेपाल भ्रमण आदिबाट गुज्रेपछि धर्मराज
थापा यस्तो एउटा ठाउ“ पुगून्, जहा“बाट नाभाहो रेड इन्डियनको
गीत शर्ीष्ाकमा लेख्ने हक उनले राखून् र हामीलाई त्यो पढ्ने
मौका मिलोस् ।
हुम्ला बोल्छ मान सरोवरमा- देवीचन्द्र श्रेष्ठबाट
गुज्र“दा पनि मलाई मन पर्यो । छडुङको जङ्गलमा हराउ“दा- नरेन्द्रराज
पौडेल पनि मन पर्यो, काजी रोशनको मान सरोवरमा डुबुल्की मार्दा
पनि मन पर्यो । तर, धर्मराज थापाले अलिकति वैज्ञानिकता अपनाइदिएको
भए लोकसंस्कृतिको घेरामा लमजुङ कुनै भिनेट्स अफ नेपालभन्दा कम
हुने थिएन । दुःख त्यही“ लाग्छ, शब्द खर्चनमा कन्जुसी नगरेको
भए सयरङ्गी घुम्टोभित्रको हुम्ला कम हुने थिएन ।
मैले अमेरकिाका ३५ राज्य घुमे“- सायद पाताल
प्रवासमा यही वाक्य छ । हो भने नेपालका कति जिल्ला घुम्नुभएको
छ - त्यो किताब पढिसकेपछि भेटेको छैन र पो प्रश्न नगरेको । खेलकुद
परष्िाद्का पर्ूवसदस्य-सचिवहरूलाई जब सोध्ो“, 'कति जिल्ला पुग्नुभयो
-' ७३ मा र मैले मेरी पत्नीलाई रारामा पौडी खेल्न सिकाएको भन्ने
उत्तर सुनेपछि नाजवाफ हु“दा पनि मेरो धीत मर्यो- यो पो उचित
जवाफ भयो । जसलाई जब छडुङको जङ्गलमा हराउ“दाका लेखकले सोधे-
म १५ दिन दक्षिण कोरयिा बसे“, तपाईं पुग्नुभएको छ - मैले बीचैमा
थपिदिए“- उहा“ १५ चोटि । यो पो उचित हस्तक्षेप भयो ।
हरकिान्तलाल दासको सप्तरीको राजनीतिक इतिहासभित्र
पनि मैले नेपाल खोजेको छु, सप्तरी जान्न अरू केही नपाएर । बारा,
पर्सर्ाारौतहट, सिराहा, महोत्तरी, पुरादित्यका अनेक बनौलीमाथि
किन कोही लेख्दैनन् र त्यसपछि मात्र विदेश जाने राहदानी लिने
लाइनमा बस्दैनन् - मैथिली संस्कृतिबाट म गुज्रनेबित्तिकै रामदयाल
राकेश जापान लागे, त्यो तिनलाई भावीले पुरस्कृत गरेको ठाने“
मैले, जापानले होइन ।
नरपति शर्मा पोखरेलले त्यो धरान लेखेथे, गणेश
प्रर्साईंले त्यो धनकुटा लेखे, राम्रो लाग्यो । ती विदेश गएको
वृत्तान्त भएको भए पढ्थे“ हु“ला । भातलाई कीरा ठानेर थालभर िकीरा
खान दियो भनी एउटा पहाडी ठिटो क्वा“क्वा“ रोएको घटना त्यो धनकुटाबाट
म कहिल्यै बिर्सन्न ।
एट्लान्टाको बखान किन - तिमीले त्रि्रो देश
कति देखेका छौ - किन भन्दैन कुनै खैरा - यसैले मैले जानाजान
हिउ“दमा बेलायत कहिल्यै पढिन“, इजिप्टको भ्रमण पढ्दिन“, लाहोरदेखि
लद्दाख पढ्दिन“- जानाजान पढ्दिन“ । पढ्नु छ भने त्यही देशको
मानिसले लेखेको पढु“ला वा अन्य कुनै विदेशीले ।
अन्तर्रर्ााट्रय नियोगहरूमा जागिर खाएका र
परराष्ट्र मन्त्रालायका कर्मचारीका नाताले संसार घुमेका नेपालीहरूलाई
म हृदयदेखि धन्यवाद दिन्छु, जो नेपालमाथि लेख्ने सुकर्म गर्न
नभ्याए पनि विदेशी यात्रावृत्तान्त थोपर्ने कुकर्म गररिहेका
छैनन् ।
|