शान्त सुनामी
खाद्यसङ्कटको विश्वव्यापी प्रभाव नेपालमा
पनि
ऋषिकेश दाहाल
- २०६४ साउनमा एक किलो मन्सुली चामलको
औसत मूल्य थियो, २६ रुपिया“ । उपभोक्ताहरूले सबैभन्दा
बढी किन्ने मन्सुलीको मूल्य ०६५ वैशाख १७ गतेसम्ममा
प्रतिकिलो १० रुपिया“ले बढेर ३६ रुपिया“ पुग्यो । यही
अवधिमा तोरीको तेलको मूल्य प्रतिलिटर ९१ रुपिया“बाट
बढेर १ सय ३२ रुपिया“ पुग्यो । एक किलो चियाको मूल्यमा
५० रुपिया“,
- वनस्पति घिउमा २८ रुपिया“, खसीको
मासुमा ५० र कुखुराको मासुमा ३० रुपिया“ले वृद्धि भयो
।
आर्थिक
वर्ष०६४-६५ कृषिका हिसाबले सकारात्मक वर्ष। यस आर्थिक
वर्षा ५.१ प्रतिशतले कृषिको उत्पादनमा वृद्धि हुने प्रक्षेपण
सरकारले गरसिकेको छ । अझ यस वर्षधानको उत्पादन त १६.८
प्रतिशतले बढ्ने अनुमान छ । कृषिको योगदान कुन अर्थमा
पनि सकारात्मक छ भने अघिल्लो आवमा कुल कृषि उत्पादन ०.७
प्रतिशतले मात्र बढेको थियो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव बान की
मुनको भनाइमा यसपालाको 'शान्त सुनामी' अर्थात् खाद्यसङ्कटले
नेपाल पनि प्रभावित हुन थालेको छ । सरकारी तथ्याङ्क अनुसार
एक वर्षा नेपालीलाई ५१ लाख १० हजार टन चामल, गहु“, मकैजस्ता
खाद्यान्न आवश्यक पर्छ । यो परमिाणमा खाद्यान्न उपलब्ध
हुने हो भने नेपालले खाद्यान्नको कुनै सङ्कट बेहोर्नुपर्दैन
। यस आर्थिक वर्षा त आवश्यकताभन्दा बढी अर्थात् ५२ लाख
३८ हजार टन खाद्यान्न उत्पादन भएको छ । अर्थात्, १ लाख
२८ हजार टन खाद्यान्न जगेडा रहनसक्ने अवस्था छ, मुलुकमा
। खाद्यान्न उत्पादनका आधारमा अघिल्ला दर्ुइ वर्षमुलुक
ऋणात्मक अवस्थाबाट गुज्रेको थियो । तर, उत्पादन बढी भएकाले
बजारभाउ घट्ने अनुमानको ठीक विपरीत दिशामा छ, नेपालको
उपभोक्ता बजार । आठ महिनायता खाद्यवस्तुको मूल्य अकासिएको
छ । "उत्पादन धेरै भएर पनि खाद्यसङ्कट आइपरेको छ,"
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद
ताम्राकार भन्छन्, "दर्ुइ महिनाअघि मात्र सरकार सचेत
भएको भए अहिलेको अवस्था आउने थिएन ।"
चार महिनादेखि नै भारतले खाद्य सुरक्षाको
कारण देखाउ“दै खाद्यान्न निर्यातमा रोक लगाउ“दा पनि नेपालले
भने निर्यात हुने खाद्यान्नलाई रोकेन । बरू खाद्यान्न
विदेशिने क्रमले तीव्रता पायो । वैशाख १८ गते नेपाल सरकारले
निर्यात रोक्का गर्दासम्म ठूलो परमिाणमा खाद्यान्न निर्यात
भइसकेको थियो । मेची भन्सारका अधिकृत रामप्रसाद रेग्मीका
अनुसार, यस आर्थिक वर्षा मात्र नेपालबाट ९५ हजार टन खाद्यान्न
बङ्गलादेश निर्यात भएको छ, जसमा ९० हजार टन त गहु“ मात्र
छ । कतिसम्म भने खाद्यान्न निर्यात रोक्का गर्ने विषयमा
सरकारले छलफल गर्दागर्दै बङ्गलादेशले थप ४ हजार ५ सय टन
गहु“ आयात गर्न एलसी -प्रतीतपत्र) खोल्न भ्यायो । र, अहिले
का“कडभिट्टामा गहु“का झन्डै छ सय ट्रक बङ्गलादेश जान तम्तयार
भएर बसेका छन् । यसले नेपालमा खाद्यवस्तुको मूल्य अझै
चर्काउने निश्चित छ ।
अहिले देखिएको खाद्यसङ्कटको कारण नेपाल
आफै“ भने होइन । विश्वस्तरमा देखिएको खाद्यसङ्कट नै त्यसको
सबैभन्दा ठूलो कारण हो । विश्वका सबैभन्दा बढी जनसङ्ख्या
भएका भारत र चीनको आर्थिक वृद्धिदरले खाद्यान्नको माग
बढाउ“दै आएको छ । सकारात्मक आर्थिक वृद्धिदरकै कारण भारतको
३५ करोड जनसङ्ख्या मध्यमवर्गमा उक्लिएको छ । त्यसैका आधारमा
अमेरकिी राष्ट्रपति जर्ज डब्लु बुसले समेत भारतीयले धेरै
खाद्यान्न खपत गरेका कारण मूल्यवृद्धि भएको आरोप लगाएका
छन् । भारतको कुल गार्हस्थ उत्पादन दोहोरो अङ्कको भए पनि
त्यसमा कृषिको योगदान कम छ । माग बढिरहेको भए पनि भारतमा
कृषिको आर्थिक वृद्धिदर २.२ प्रतिशत मात्र छ । खाद्यान्नको
माग बढ्नुको यो प्रमुख कारण हो । यसैले गर्दा भारतले खाद्यान्न
निर्यातमा रोक लगायो । भारतले चामल निर्यातमा रोक लगाउनुअगाडि
नेपालमा ६० करोड रुपिया“को धान भित्रिएको थियो । अघिल्लो
दर्ुइ आर्थिक वर्षो सोही अवधिमा क्रमशः ७६ करोड र १ अर्ब
५६ करोड रुपिया“ बराबरको धान नेपाल भित्रिएको थियो ।
यस वर्षखाद्यान्न निर्यात गर्ने क्यानाडा,
अस्टे्रलियाजस्ता मुलुकमा खडेरीका कारण उत्पादनमा कमी
आएको छ । यसका साथै इन्धनको मूल्यमा भएको बढोत्तरी र जैविक
इन्धनका लागि खाद्यान्नको प्रयोग हुनाले पनि खाद्य सङ्कट
बढ्दै गएको छ । मकैबाट इन्धन बनाउन सकिने भएपछि खाद्यका
रूपमा प्रयोग हुने मकै इन्धन उत्पादनका लागि समेत प्रयोग
हुन थालेको छ, परण्िााम यसको अभाव बढेको छ । जसका कारण
विश्व ब्याङ्क तथा एसियाली विकास ब्याङ्कले एसियाको एक
अर्ब जनसङ्ख्या खाद्यान्न-सङ्कटबाट प्रभावित हुने प्रक्षेपण
गरसिकेका छन् ।
असर उपभोक्ता र किसानमा
गएको आठ महिनामा खाद्यवस्तुको मूल्यमा
९.४ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा चामल र यस्तै
खाद्यवस्तुमा १९.४ प्रतिशतले, दालजन्य वस्तुमा १३.७ र
तेलजन्य वस्तुको २७.३ प्रतिशतले बढेको छ । चामल, दाल,
पीठो, खाने तेलजस्ता अति आवश्यकीय वस्तुको मूल्यवृद्धिले
सबैभन्दा बढी मार मध्यमवर्गीय उपभोक्तामा पर्ने गरेको
छ । विशेषगरी जागिरमा निर्भर ३० प्रतिशत जनसङ्ख्याले मह“गीको
यो मार र्सवाधिक खेपिरहेका छन् । अर्थात्, सहरी गरबिीमा
मूल्यवृद्धिले थप प्रभाव पार्नेछ । फागुनसम्मको तथ्याङ्क
हर्ेर्ने हो भने काठमाडौ“ उपत्यका, तर्राई र पहाडको मूल्यवृद्धि
सूचकाङ्क क्रमशः ७ प्रतिशत, ७.१ प्रतिशत र ७.५ प्रतिशतले
वृद्धि भएको छ । अहिले कुनै वस्तुमा मूल्यवृद्धि भएको
छैन भने त्यो चिनीजन्य पदार्थ, तरकारी तथा फलफूल मात्र
हुन् । आन्तरकि उत्पादनले तरकारीको माग धानेकाले यसको
मूल्यवृद्धि भएको छैन ।
उत्पादन पर्याप्त भएकाले यति छिट्टै
नेपाल खाद्यसङ्कटबाट गुज्रिहाल्नुपर्ने अवस्था भने थिएन
। "भारतले खाद्यान्न निर्यातमा रोक लगाएपछि नेपाली
व्यापारीले यसमा प्रभाव पारेका हुन्," नेपाल राष्ट्र
ब्याङ्कका अनुसन्धान निर्देशक नरबहादुर थापा भन्छन्, "अहिलेको
बजारमूल्यको कारण व्यापारीमा परेको साइकोलोजिकल प्रभाव
हो ।" कृषि उत्पादन राम्रो भए पनि उत्पादित वस्तु
नेपाली बजारमा नपुग्नुले नै सङ्कट बढाएको उनको तर्क छ
।
त्यसो त राष्ट्र ब्याङ्कले जारी गरेका
मौद्रिक नीतिहरू पनि कमजोर सावित भएका छन्, मह“गी नियन्त्रणमा
। ०६४ चैत १ गते राष्ट्र ब्याङ्कले र्सार्वजनिक गरेको
मौद्रिक नीतिको मध्यावधि समीक्षामा नेपाली रुपिया“को तुलनामा
अमेरकिी डलर अवमूल्यन भएका कारण मुद्रास्फीति नियन्त्रणमा
रहन सकेको उल्लेख छ । तर, एक महिना नबित्दै राष्ट्र ब्याङ्कले
जारी गरेको दोस्रो चौमासिक प्रतिवेदनले मूल्यवृद्धि अघिल्लो
वर्षन्दा माथि चढेको देखाएको छ । "राष्ट्र ब्याङ्कले
अब आफ्नो सोचमा परविर्तन ल्याउनर्ुपर्छ," निर्देशक
थापा भन्छन्, "अमेरकिी डलरको अवमूल्यनले नै अहिले
विश्वभर िमूल्यवृद्धि गराएको छ । त्यसको असर अहिले नेपाली
उपभोक्ताले बेहोर्नु पररिहेको छ ।"
एकातिर विश्वव्यापी खाद्यसङ्कट सुरु
भएको छ भने बजार अनुगमन नह“ुदा व्यापारीको चलखेल बढेको
छ । "खाद्यान्न-सङ्कटको चर्चास“गै यसमा कालोधन्दा
गर्नेहरू सक्रिय भइसकेका छन्," उपभोक्ता अधिकारकर्मी
ज्योति बानिया“ भन्छन्, "बजारमा कार्टर्ेेङ् रहिरहने
हो भने अभाव अझ चर्किनसक्छ ।"
बजारमा खाद्यान्नको माग र मूल्य बढे
पनि त्यसबाट आउने मुनाफाका हकदार किसानले भने कहिल्यै
पनि उचित मूल्य पाउन सकेका छैनन् । उद्योग वाणिज्य महासङ्घका
ताम्राकार किसानले खाद्यान्न बेच्दाको मूल्य उपभोक्तासम्म
आइपुग्दा दोब्बर हुने स्वीकार्छन् । "सिन्डीकेट,
मिसावट र मह“गीले उपभोक्तामाथि नकारात्मक प्रभाव पाररिहेको
हुन्छ," उनको भनाइ छ । खाद्य भण्डारणको व्यवस्था
नह“ुदा नेपालका किसानसमेत मारमा पर्दै आएका छन् । धान
काट्नासाथ बेच्ने परम्परा छ । त्यतिखेर बजारमा धानको परमिाण
धेरै हुन्छ, जसले गर्दा किसानले राम्रो मूल्य पाउ“दैनन्
। मुनाफामाथि व्यापारीकै चलखेल बढी हुनपुग्छ ।
त्यसो त मूल्यवृद्धिको मार खेप्न परेको
यो पहिलोपटक होइन । ०३३ सालदेखि नेपालले खाद्य निर्भरता
गुमाउने क्रमको सुरुवात भएको मानिन्छ । तर्राईको वन फ“डानी
रोकिएपछि कृषिका लागि जमिन बढ्ने क्रम रोकिनु र जनसङ्ख्या
वृद्धि तीव्रत्तर हुनुबाट नै खाद्यान्नमा नेपाल भारतमुखी
ह“ुदै गयो । ०५९ सालमा भारतमा खडेरीले उत्पादन घट्दा नेपाली
बजार प्रभावित हुनपुगेको थियो । त्यतिखेर औसत २१ प्रतिशतले
बजारभाउ चुलिएको भए पनि भारतले खाद्य सुरक्षाकै नाममा
नेपालमाथि निर्यात प्रतिबन्ध लगाएको थिएन । भारतले अहिले
खाद्यान्नमा जसरी रोक लगाएको छ, त्यो बीउबिजनमा पनि लगाउने
हो भने के हुन्छ - हरेक वर्षभारतबाट आठ हजार मेटि्रक टन
धानको बीउ नेपाल भित्रिने गरेको छ । धान रोप्ने समय नजिकि“दैछ
। खाद्यान्न रोक कायमै हुने हो भने बीउसमेत नपाइने त होइन
भन्ने शङ्का उब्जिएको छ ।
सन्तुलनका आधार
अहिले पनि एक युरोको मूल्य १.५ अमेरकिी
डलर छ । अर्थशास्त्रीहरूका अनुसार एक युरो बराबर १.३५
अमेरकिी डलर मात्र कायम हुने हो भने पनि इन्धनको मूल्य
प्रतिब्यारेल ७० डलरमा र्झछ । अहिले प्रतिब्यारेल कच्चा
तेलको मूल्य १ सय २१ अमेरकिी डलर पुगेको छ । इन्धनको मूल्यमा
गिरावट आउनासाथ त्यसकै आधारमा चर्किएको खाद्यान्नको मूल्य
पनि घट्नेछ । "बजार असन्तुलनलाई सही गति दिन खाद्यान्नको
लागत मूल्य घट्नैपर्ने हुन्छ । त्यसैले पनि ग्लोबल कोअर्डिनेसनबिना
खाद्य मूल्य घट्ने अवस्था छैन," राष्ट्र ब्याङ्कका
थापा भन्छन््, "बजारमा माग बढेको हो भने त्यसको सम्बोधन
आपर्ूर्तिबाट मात्र पूरा हुनसक्छ । मागकै कारण मात्र अहिलेको
मूल्यवृद्धि होइन ।"
उपभोक्ता अधिकारकर्मी ज्योति बानिया“
भने बजार अनुगमन फितलो भएका कारण कृत्रिम अभाव सिर्जना
भएको तर्क गर्छन् । भन्छन्, "छ महिनाको अन्तरमा ४५
प्रतिशतले मूल्यवृद्धि हु“दा पनि वास्ता नहुनु नै समस्याको
कारण हो ।" अबको चुनौती भनेको किसानहरूले भित्र्याउने
तयारीमा रहेको गह“ु बाली हो । नेपाली बजारभन्दा भारतीय
बजारभाउ मह“गो भयो भने गहु“ पनि भारतीय बजारमा पुग्न कठिन
छैन । यस्तोमा आन्तरकि खपतका लागि पहल थाल्नुको विकल्प
छैन ।
कमजोर प्रयत्न
भारतले बङ्गलादेश र भुटानलाई कोटा तोकेर
निर्यात छुट गरे पनि नेपालमाथि निर्यात ठप्प पारेको छ
। कतिसम्म भने भारतले अन्य मुलुकलाई अझै पनि निर्यात छुट
गररिहेको वासमती चामल नेपाललाई निर्यात रोक्का गरेको छ
। बजारमा खाद्यान्नको अभाव भएपछि मात्र नेपाल सरकारले
खाद्यान्नका लागि भारतस“ग पहल थालेको छ । उद्योग, वाणिज्य
तथा आपर्ूर्ति सचिव पुरुषोत्तम ओझा बजार प्रभावित हुनुमा
भारतबाट आयात रोकिनु मात्र नभई खाद्यान्नमा कायम कार्टर्ेेङ्
पनि महत्त्वपर्ूण्ा रहेको बताउ“छन् । "अहिलेको अवस्था
हटाउन खाद्य संस्थानस“ग रहेको स्टक खाद्यान्न रििलज गर्न
भनिसकेका छौ“," ओझा भन्छन्, "आपर्ूर्तिका लागि
भारतस“ग कुराकानी पनि सुरु भइसकेको छ । केही दिनमा नै
सङ्कटको निकास आउला ।" आपर्ूर्ति नीति नभएकाले पनि
अवस्था असहज भएको उनको तर्क छ । राष्ट्रिय कृषि नीति-०६१
ले खाद्यसुरक्षालाई सम्बोधन नगर्नुले पनि सरकार यसबाट
टाढै रहेको अनुमान गर्न सकिन्छ ।
व्यवसायीहरू भने खुला सीमाका कारण राज्य
कहिल्यै पनि खाद्य सुरक्षाप्रति चिन्तित नरहेको तर्क गर्छन्
। "खुला सीमाबाट चुहिएरै आए पनि नेपालमा खाद्य समस्या
नपर्ने सोचका कारण सरकारले खाद्यसङ्कटको सङ्केत देखा पर्दा
पनि कुनै पहल गरेन," ताम्राकार भन्छन्, "भारतले
खाद्यान्न निर्यात रोकेपछि मात्र नेपाल सरकार झस्केको
छ ।" त्यसो त खुला सीमाका कारण नेपालबाट खाद्यान्न
भारततिर जाने क्रम पनि जारी नै छ । नेपाली बजारभन्दा भारतीय
बजारमा खाद्यान्नको मूल्य बढी हुनासाथ अवैध बाटो खाद्यान्न
भारतीय बजारमा पुग्ने गरेको छ । पछिल्लो समय बढी मूल्य
पाएकै कारण नेपाली व्यवसायीले बङ्गलादेशलाई गहु“ निर्यात
गरेका थिए ।
निर्यातमाथि नियन्त्रण हुन नसक्दा सरकारको
तीनवर्षो राष्ट्रिय खाद्य सुरक्षा -बफरस्टक) समेत प्रभावित
हुने सम्भावना छ । तीनवर्षो अन्तरमि योजना अनुसार सरकारले
वफरस्टक अर्न्तर्गत चालू आर्थिक वर्षा १२ हजार, आव ०६५/६६
मा १५ हजार र आव ०६६/६७ मा १५ हजार गरी कुल ४२ हजार टन
खाद्यान्न जोगाउने योजना अघि सारेको थियो । त्यस्तै र्सार्क
खाद्य सुरक्षा भण्डार अर्न्तर्गत तीन वर्षो अवधिमा १२
हजार गरी कुल ५४ हजार टन खाद्यान्न जोगाउने योजना अघि
सारेको थियो । तर, तीनवर्षो योजनाको पहिलो वर्षनै खाद्य
संस्थानलाई स्टक 'रििलज'को अर्डर दिएको सरकारले योजना
पूरा गर्नसक्ने आधार छैन ।
|