Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

  नेपाल
  झटारो
  चरितचर्चा
  आँखीझ्याल
  अभिमत
  आउट अफ फ्रेम
  हामी नेपाली
  संवाद
  राजनीति
  छोटकरी
  आवरण
  सीमापारि
  शान्तिप्रक्रिया
  अर्थ
  खेलकुद
  डायास्पोरा
  प्रवास
  बसिबिया“लो
  जीवन र कला
  अनुभूति
  साहित्य
  पुस्तक
  इन्द्रेणी
  नोटबुक
 
 
 अनुभूति


तारा भट्टराइ

समाप्त पारिएको एउटा भविष्य

मेरो र मनु -मनमोहन भट्टर्राई)को विवाह भएको २९ वर्षभयो । यी पङ्क्तिहरू लेखिरहेको दिन हाम्रो वर्षा“ठ परेको छ । यसै अवसरमा उनको राजनीतिक जीवनको भोगाइलाई एउटा अर्धाङ्गिनीका भावनाबाट व्यक्त गर्न खोज्दैछु ।

हामी दुवै अर्थशास्त्रका विद्यार्थी थियौ“ तर दुवैका सपना यस संसारी अर्थशास्त्रभन्दा कोसौ“ टाढा थिए । उनलाई राजनीतिमा लगाव, मलाई समाजसेवामा चाह । तर, त्यसबेला राजनीति त्यति सरल थिएन । स-साना कुरामा पनि प्रहरीले समातेर लगिरहन्थ्यो । विवाहको केही दिनअघिसम्म पनि उनी राजकाज मुद्दामा थुनिएका थिए ।

विवाहले मनुको राजनीतिक यात्रामा कत्ति पनि सुस्ती आएन, बरु अझ उत्साह थप्यो उनको जीवनमा । एक समय मनु सबेरै उठेर बीपी कोइरालाकहा“ जान्थे, उहा“को विचार सुन्न । बीपी र उनीबीच भएका कुरा सुन्दा बीपीको मनमा उनले आफ्ना लागि राम्रो स्थान बनाउन सकेका थिए । त्यसैताका अमेरकिाको एक विश्वविद्यालयका प्रोफेसरले हामी दुवैलाई उनको विश्वविद्यालयमा पीएचडी गर्ने प्रस्ताव गरे । तर, मनुले त्यति लामो समय बीपीस“ग टाढिनेे कुरा सोच्न सकेनन् । उनको भावनालाई मैले पनि कदर गरे“ । तर, बीपी धेरै समय बा“च्नुभएन । बीपीबाहेक अरू कुनै नेताले मनुलाई चिन्न सकेनन् । भनिन्छ, बीपीले आफ्नो मृत्युपछि देशका बारे कुनै चिन्तन गर्नुपरे 'मेरा यी १९ जना मित्रहरूलाई सामेल गर्नु' भनेर लेखेर जानुभएको कागजमा मनुको पनि नाम थियो रे † तर, यी सब रेमै सीमित हुनपुगे ।

२०३६ सालमा जनमतसङ्ग्रहको प्रचार-प्रसारका लागि किसुनजी -कृष्णप्रसाद भट्टर्राई)ले पश्चिमी जिल्लाहरूको भ्रमणमा मनुलाई स“गै लैजानुभयो  । यस दौरान उनी किसुनजीको अति प्रिय कार्यकर्ता हुनपुगे र उहा“ले मनुलाई कुलभूषण भनेर नाम पनि दिनुभयो । किसुनजी अझै जिउ“दै हुनुहुन्छ, उहा“लाई यसको पक्कै सम्झना होला । गिरजिा दाजु -गिरजिाप्रसाद कोइराला)कोे झापादेखि सुरु भएको १४ वटै अञ्चलमा पार्टर्ीीङ्गठनलाई सुदृढीकरण गर्ने अभियानको यात्रामा मनु पनि स“गै थिए । तर, पञ्चायती सरकारले गै“डाकोटभन्दा अगाडि बढ्न दिएन उहा“हरूलाई । त्यसबेला नारायणी नदीमा पौडी खेल्दा गिरजिा दाजुसित मनुको हार भएको भनेर उनले सुनाएका कुरा आज पनि मेरो सम्झनामा ताजै छ । दर्ुइ जनाले नारायणी नदीको डिलमा बसेर खिचाएको फोटो अझै पनि मसित सुरक्षित छ ।

बीपीको स्वर्गारोहणपछि ०३९ सालतिर गणेशमानजीको झापादेखि रूपन्देहीसम्म २२ जिल्लाको यात्रामा निस्कनुभयो, त्यसमा मनु अति प्यारो युवा नेता थिए । भ्रमणमा ओरालोमा गाडीको ब्रेक फेल हु“दा गणेशमानजीले देखाउनुभएको साहस, दार्जीलिङमा पुग्दा पैसा रिित्तएका कथाहरू पनि कम रोचक थिएनन् । यसपछि ०४६ सालको आन्दोलनमा गणेशमानजीले पा“च सय अमेरकिी डलर दिएर मनुलाई युरोपमा काङ्ग्रेसको प्ा्रवक्ता बनाएर खटाउनुभयो । त्यसबेला शेरबहादुर - देउवा)जी लन्डनमा र हाम्रा सहपाठी महेश आचार्यजी जर्मनीमा विद्यार्थी जीवन बिताउ“दै हुनुहुन्थ्यो । त्यसबेला मनुले युरोपेली मुलुकहरूको र्समर्थन जुटाउनका लागि केके गरे - मात्र पा“च सय डलरले उनले आफ्नो जीवन कसरी धाने - यी सबै कुरा मलाईभन्दा बढी उहा“हरूलाई नै थाहा होला  ।

मनुको रामचन्द्रजीसित पनि निकै सामीप्य थियो । अन्तरमिकालमा मनु सञ्चार मन्त्रालयको सल्लाहकार थिए । एकपटक उनी रामचन्द्रजीस“ग पार्टर्ीीे प्रचार-प्रसारमा इलाम गएका थिए । अझै सम्झना छ, इलाम भ्रमणबाट फर्किंदा रात धेरै परसिकेको थियो । त्यसबेला कोठाको सा“चो नभेटि“दा बरन्डाबाट झ्याल चढेर कोठामा सुत्न जानुभएको कुरा रामचन्द्र दाइले पक्कै बिर्सनुभएको छैन होला । त्यसपछि उहा“ उप-प्रधानमन्त्री, सभामुख, गृहमन्त्री आदि जस्ता धेरै पदमा आसीन हुनुभयो । सभामुख हु“दा भ्रष्टाचारविरुद्ध अभियानमा ताप्लेजुङदेखि कञ्चनपुरसम्मको यात्रामा मनु उहा“को सहयात्री भएर हि“डेका थिए  । तर, त्यसपछि रामचन्द्र दाइले कहिल्यै मनुलाई फर्केर हर्ेर्नुभएन  । राजनीतिको धर्म सायद यही नै हो ।

समयको चक्र घुम्दै गयो । यसबीच मनुको जीवनमा धेरै नेताहरू आए । तर, बीपी र गणेशमानजीबाहेक सबै नेताका लागि उनी मात्र भर्‍याङको खुड्किला भए । उनी सबैका लागि भएको देखे“ तर किन हो कुन्नि कोही पनि उनको हुन नसकेको पाए“ । एकपटक पार्टर्ीीत्रको विवाद मिलाउन रामचन्द्र दाइ र शेरबहादुरजी रातको १ बजेसम्म हाम्रो कोठामा बैठक गरी बसेको मलाई हिजोझै“ लाग्छ । यत्तिका हु“दाहु“दै पनि किन हो कुन्नि मनुले नेताहरूको मन जित्न सकेनन् । उनलाई पार्टर्ीी एकपछि अर्को सजाय दि“दै गयो । काठमाडौ“मा मेयरको टिकट दिइयो, आफ्नै साथीहरू हराउने अभियानमा लागे र धेरै मतले हराए पनि । ०५६ सालमा भैरहवाबाट उनलाई सांसदको उम्मेदवारको टिकट दिइयो । तर, २१ दिनपछि खबरै नदिई टिकट खोसियो ।

यत्तिका हु“दा पनि उनी पार्टर्ीी निरन्तर खटी नै रहे । पहिलो जनआन्दोलन होस् या ०६२-६३ को जनआन्दोलन- २, पार्टर्ीी लगाएको काम उनले गरेकै थिए । दार्चुलामा दिलेन्द्र बडूमाथि हमला भएको ठाउ“मा होस् या बैतडीमा विनयध्वज चन्दमाथि ढुङ्गा बर्सर्ााो ठाउ“, उनले संविधानसभा निर्वाचनमा पार्टर्ीी लागि मत मागेर देश डुलेकै थिए । कुनै नेतालाई आफ्नै जिल्लासमेत घुम्न भ्याइनभ्याई हु“दासमेत उनले ५० जिल्लाहरूका साथीहरूको मन राखेकै थिए ।

तर पनि पार्टर्ीी उनलाई संविधानसभाको प्रत्यक्ष चुनावमा टिकट दिएन । यस्ता साथीहरूले पार्टर्ीी लागि मत माग्न समानुपातिकमा बस्नर्ुपर्छ भनेर फर्काइयो । यसबीच नेताहरूबाट उनलाई भरपूर आश्वासन पनि बा“डिए, जो ०६५ वैशाख २० गतेको १२ बजेसम्म पनि कायमै थिए  । तर दर्ुभाग्य, त्यसपछि तेरो र यो मेरो हु“दाह“ुदै अन्त्यमा मेरोमध्ये पनि अति मेरोमा अल्झेपछि जीवनभर काङ्ग्रेसको राजनीति गरेको जनताको प्रिय एउटा मान्छेको नाम मनोनयन सूचीबाट सजिलै मेटियो । नेताहरूको स्वार्थमा जीवन नै पार्टर्ीीई समर्पित गरेको एउटा मान्छेको भविष्य यत्तिकै समाप्त पारयिो ।

अन्त्यमा यति नै भन्न चाहन्छु कि यसलाई मात्र एउटा श्रीमतीको पीडा र असन्तुष्टि नठानौ“ । यो एउटा निष्ठाको राजनीति गर्ने मान्छेको आफ्नै पार्टर्ीी जीवन समाप्त पारििदएको दस्तावेज पनि हो । यो कथा मात्र एक्लो मनमोहन भट्टर्राईको होइन, यो आमकाङ्ग्रेसका कार्यकर्ताहरूको कथा हुनसक्छ । राजनीति कुनै परविार विशेष र नेताको वरपिरकिा भद्र-भलादमीकै पहु“चमा मात्र हुने हो भने आमनागरकिले राजनीतिबाट के प्रेरणा पाउने


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur