समाप्त पारिएको एउटा भविष्य
मेरो र मनु -मनमोहन भट्टर्राई)को विवाह भएको २९ वर्षभयो । यी
पङ्क्तिहरू लेखिरहेको दिन हाम्रो वर्षा“ठ परेको छ । यसै अवसरमा
उनको राजनीतिक जीवनको भोगाइलाई एउटा अर्धाङ्गिनीका भावनाबाट
व्यक्त गर्न खोज्दैछु ।
हामी दुवै अर्थशास्त्रका विद्यार्थी थियौ“ तर दुवैका सपना
यस संसारी अर्थशास्त्रभन्दा कोसौ“ टाढा थिए । उनलाई राजनीतिमा
लगाव, मलाई समाजसेवामा चाह । तर, त्यसबेला राजनीति त्यति सरल
थिएन । स-साना कुरामा पनि प्रहरीले समातेर लगिरहन्थ्यो । विवाहको
केही दिनअघिसम्म पनि उनी राजकाज मुद्दामा थुनिएका थिए ।
विवाहले मनुको राजनीतिक यात्रामा कत्ति पनि सुस्ती आएन, बरु
अझ उत्साह थप्यो उनको जीवनमा । एक समय मनु सबेरै उठेर बीपी कोइरालाकहा“
जान्थे, उहा“को विचार सुन्न । बीपी र उनीबीच भएका कुरा सुन्दा
बीपीको मनमा उनले आफ्ना लागि राम्रो स्थान बनाउन सकेका थिए ।
त्यसैताका अमेरकिाको एक विश्वविद्यालयका प्रोफेसरले हामी दुवैलाई
उनको विश्वविद्यालयमा पीएचडी गर्ने प्रस्ताव गरे । तर, मनुले
त्यति लामो समय बीपीस“ग टाढिनेे कुरा सोच्न सकेनन् । उनको भावनालाई
मैले पनि कदर गरे“ । तर, बीपी धेरै समय बा“च्नुभएन । बीपीबाहेक
अरू कुनै नेताले मनुलाई चिन्न सकेनन् । भनिन्छ, बीपीले आफ्नो
मृत्युपछि देशका बारे कुनै चिन्तन गर्नुपरे 'मेरा यी १९ जना
मित्रहरूलाई सामेल गर्नु' भनेर लेखेर जानुभएको कागजमा मनुको
पनि नाम थियो रे † तर, यी सब रेमै सीमित हुनपुगे । 
२०३६ सालमा जनमतसङ्ग्रहको प्रचार-प्रसारका लागि किसुनजी -कृष्णप्रसाद
भट्टर्राई)ले पश्चिमी जिल्लाहरूको भ्रमणमा मनुलाई स“गै लैजानुभयो
। यस दौरान उनी किसुनजीको अति प्रिय कार्यकर्ता हुनपुगे र उहा“ले
मनुलाई कुलभूषण भनेर नाम पनि दिनुभयो । किसुनजी अझै जिउ“दै हुनुहुन्छ,
उहा“लाई यसको पक्कै सम्झना होला । गिरजिा दाजु -गिरजिाप्रसाद
कोइराला)कोे झापादेखि सुरु भएको १४ वटै अञ्चलमा पार्टर्ीीङ्गठनलाई
सुदृढीकरण गर्ने अभियानको यात्रामा मनु पनि स“गै थिए । तर, पञ्चायती
सरकारले गै“डाकोटभन्दा अगाडि बढ्न दिएन उहा“हरूलाई । त्यसबेला
नारायणी नदीमा पौडी खेल्दा गिरजिा दाजुसित मनुको हार भएको भनेर
उनले सुनाएका कुरा आज पनि मेरो सम्झनामा ताजै छ । दर्ुइ जनाले
नारायणी नदीको डिलमा बसेर खिचाएको फोटो अझै पनि मसित सुरक्षित
छ ।
बीपीको स्वर्गारोहणपछि ०३९ सालतिर गणेशमानजीको झापादेखि रूपन्देहीसम्म
२२ जिल्लाको यात्रामा निस्कनुभयो, त्यसमा मनु अति प्यारो युवा
नेता थिए । भ्रमणमा ओरालोमा गाडीको ब्रेक फेल हु“दा गणेशमानजीले
देखाउनुभएको साहस, दार्जीलिङमा पुग्दा पैसा रिित्तएका कथाहरू
पनि कम रोचक थिएनन् । यसपछि ०४६ सालको आन्दोलनमा गणेशमानजीले
पा“च सय अमेरकिी डलर दिएर मनुलाई युरोपमा काङ्ग्रेसको प्ा्रवक्ता
बनाएर खटाउनुभयो । त्यसबेला शेरबहादुर - देउवा)जी लन्डनमा र
हाम्रा सहपाठी महेश आचार्यजी जर्मनीमा विद्यार्थी जीवन बिताउ“दै
हुनुहुन्थ्यो । त्यसबेला मनुले युरोपेली मुलुकहरूको र्समर्थन
जुटाउनका लागि केके गरे - मात्र पा“च सय डलरले उनले आफ्नो जीवन
कसरी धाने - यी सबै कुरा मलाईभन्दा बढी उहा“हरूलाई नै थाहा होला
।
मनुको रामचन्द्रजीसित पनि निकै सामीप्य थियो । अन्तरमिकालमा
मनु सञ्चार मन्त्रालयको सल्लाहकार थिए । एकपटक उनी रामचन्द्रजीस“ग
पार्टर्ीीे प्रचार-प्रसारमा इलाम गएका थिए । अझै सम्झना छ, इलाम
भ्रमणबाट फर्किंदा रात धेरै परसिकेको थियो । त्यसबेला कोठाको
सा“चो नभेटि“दा बरन्डाबाट झ्याल चढेर कोठामा सुत्न जानुभएको
कुरा रामचन्द्र दाइले पक्कै बिर्सनुभएको छैन होला । त्यसपछि
उहा“ उप-प्रधानमन्त्री, सभामुख, गृहमन्त्री आदि जस्ता धेरै पदमा
आसीन हुनुभयो । सभामुख हु“दा भ्रष्टाचारविरुद्ध अभियानमा ताप्लेजुङदेखि
कञ्चनपुरसम्मको यात्रामा मनु उहा“को सहयात्री भएर हि“डेका थिए
। तर, त्यसपछि रामचन्द्र दाइले कहिल्यै मनुलाई फर्केर हर्ेर्नुभएन
। राजनीतिको धर्म सायद यही नै हो ।
समयको चक्र घुम्दै गयो । यसबीच मनुको जीवनमा धेरै नेताहरू
आए । तर, बीपी र गणेशमानजीबाहेक सबै नेताका लागि उनी मात्र भर्याङको
खुड्किला भए । उनी सबैका लागि भएको देखे“ तर किन हो कुन्नि कोही
पनि उनको हुन नसकेको पाए“ । एकपटक पार्टर्ीीत्रको विवाद मिलाउन
रामचन्द्र दाइ र शेरबहादुरजी रातको १ बजेसम्म हाम्रो कोठामा
बैठक गरी बसेको मलाई हिजोझै“ लाग्छ । यत्तिका हु“दाहु“दै पनि
किन हो कुन्नि मनुले नेताहरूको मन जित्न सकेनन् । उनलाई पार्टर्ीी
एकपछि अर्को सजाय दि“दै गयो । काठमाडौ“मा मेयरको टिकट दिइयो,
आफ्नै साथीहरू हराउने अभियानमा लागे र धेरै मतले हराए पनि ।
०५६ सालमा भैरहवाबाट उनलाई सांसदको उम्मेदवारको टिकट दिइयो ।
तर, २१ दिनपछि खबरै नदिई टिकट खोसियो ।
यत्तिका हु“दा पनि उनी पार्टर्ीी निरन्तर खटी नै रहे । पहिलो
जनआन्दोलन होस् या ०६२-६३ को जनआन्दोलन- २, पार्टर्ीी लगाएको
काम उनले गरेकै थिए । दार्चुलामा दिलेन्द्र बडूमाथि हमला भएको
ठाउ“मा होस् या बैतडीमा विनयध्वज चन्दमाथि ढुङ्गा बर्सर्ााो
ठाउ“, उनले संविधानसभा निर्वाचनमा पार्टर्ीी लागि मत मागेर देश
डुलेकै थिए । कुनै नेतालाई आफ्नै जिल्लासमेत घुम्न भ्याइनभ्याई
हु“दासमेत उनले ५० जिल्लाहरूका साथीहरूको मन राखेकै थिए ।
तर पनि पार्टर्ीी उनलाई संविधानसभाको प्रत्यक्ष चुनावमा टिकट
दिएन । यस्ता साथीहरूले पार्टर्ीी लागि मत माग्न समानुपातिकमा
बस्नर्ुपर्छ भनेर फर्काइयो । यसबीच नेताहरूबाट उनलाई भरपूर आश्वासन
पनि बा“डिए, जो ०६५ वैशाख २० गतेको १२ बजेसम्म पनि कायमै थिए
। तर दर्ुभाग्य, त्यसपछि तेरो र यो मेरो हु“दाह“ुदै अन्त्यमा
मेरोमध्ये पनि अति मेरोमा अल्झेपछि जीवनभर काङ्ग्रेसको राजनीति
गरेको जनताको प्रिय एउटा मान्छेको नाम मनोनयन सूचीबाट सजिलै
मेटियो । नेताहरूको स्वार्थमा जीवन नै पार्टर्ीीई समर्पित गरेको
एउटा मान्छेको भविष्य यत्तिकै समाप्त पारयिो ।
अन्त्यमा यति नै भन्न चाहन्छु कि यसलाई मात्र एउटा श्रीमतीको
पीडा र असन्तुष्टि नठानौ“ । यो एउटा निष्ठाको राजनीति गर्ने
मान्छेको आफ्नै पार्टर्ीी जीवन समाप्त पारििदएको दस्तावेज पनि
हो । यो कथा मात्र एक्लो मनमोहन भट्टर्राईको होइन, यो आमकाङ्ग्रेसका
कार्यकर्ताहरूको कथा हुनसक्छ । राजनीति कुनै परविार विशेष र
नेताको वरपिरकिा भद्र-भलादमीकै पहु“चमा मात्र हुने हो भने आमनागरकिले
राजनीतिबाट के प्रेरणा पाउने