Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

  नेपाल
  झटारो
  चरितचर्चा
  आँखीझ्याल
  अभिमत
  आउट अफ फ्रेम
  हामी नेपाली
  संवाद
  राजनीति
  छोटकरी
  आवरण
  सीमापारि
  शान्तिप्रक्रिया
  अर्थ
  खेलकुद
  डायास्पोरा
  प्रवास
  बसिबिया“लो
  जीवन र कला
  अनुभूति
  साहित्य
  पुस्तक
  इन्द्रेणी
  नोटबुक
 
 
आँखीझ्याल

बढ्दैछ खाद्य-सङ्कट

७० प्रतिशतभन्दा बढी नेपाली कृषि पेसामा संलग्न छन् । तर, कृषिलाई आधुनिकीकरण र व्यावसायिकीकरण गर्न खासै पहल नगर्ने प्रवृत्तिले किसानहरू नै छिमेकी मुलुकको खाद्यान्नमा निर्भर हुनुपरेको छ । सन् २००७ मा बङ्गलादेशमा मात्रै बाढीले ३० लाख टन अन्नबाली नष्ट गर्‍यो । दक्षिण एसियामा बङ्गलादेशपछि भारत र नेपाल बाढीबाट अन्नबाली बढी नष्ट हुने मुलुकमा पर्छन् । गतवर्षभारतमा २० लाख र नेपालमा दुइ लाख टन खाद्यान्न बाढीले नष्ट पारेको थियो । जनसङ्ख्या वृद्धि पनि खाद्यान्न सङ्कटको अर्को कारण हो । प्रत्येक वर्षभारत र चीनमा मात्रै करिब नौ करोड नया“ मानिस थपिन्छन् भने विकास निर्माणका गतिविधिहरूले उत्पादन हुने जमिनको मात्रा घटाइरहेको छ ।

खाद्यान्न सङ्कटस“गै मूल्य दिनप्रतिदिन बढिरहेको छ भने खाद्य सञ्चित सन् १९८२ पछिकै सबैभन्दा न्यून हुन पुगेको छ । त्यसैले त हरेक पा“च सेकेन्डमा कम्तीमा एक जनाले भोकमरीस“ग सम्बन्धित कारणले ज्यान गुमाइरहेको स्थिति छ । समस्या नेपालको मात्र होइन, हाइटी, सेनेगल, इजिप्टलगायतका अप्रिmकी मुलुकमा भएका खाद्यान्नसम्बन्धी द्वन्द्वहरू कसैका सामु छिपेको छैन ।

 

 

यो पनि !

वाईसीएललाई जनताले -चुनावमार्फ) अनुमोदन गरेका छन्, साम्यवाद नआई यो विघटन ह“ुदैन ।

गणेशमान पुन

अध्यक्ष, वाईसीएल

कान्तिपुर, ०६५ वैशाख २०

घुमन्ते कवि

लेखबहादुर कार्की, ७०, का कपाल सेतै फुलेका छन् भने सबै दा“त झरेर बोली पनि तोते भएको छ । झोलाभरि आफूले लेखेका कविता, गीत, चुुट्किला राखेर हि“ड्छन् । उदयपुरको त्रियुगा नगरपालिका-१२ का कार्की जुन गाउ“ पुग्छन्, त्यही“को वर्ण्र्ाागर्दै कविता, गीत र चुट्किला लेखी वाचन गरेर गुजारा चलाउ“छन्  । डेढ दशकअघि श्रीमतीको मृत्यु भएपछि विरक्तिएका कार्कीले २०५८ सालबाट कविता लेख्न सुरु गरेका हुन् ।

सामान्य लेखपढ गर्न सक्ने कार्कीले हालसम्म माओवादी द्वन्द्वदेखि विभिन्न समयमा भएका घटनाहरूलाई समेटी दुइ सयभन्दा बढी कविता लेखिसकेका छन् भने गाउ“घरका सुखदुःखका शब्दहरूलाई जस्ताको तस्तै समेटी त्यत्तिकै सङ्ख्यामा गीत पनि तयार पारेका छन् ।

कार्कीको एउटै सपना छ, आफ्ना सबै कविता र गीतहरूको सङ्ग्रह निकाल्ने । आफूस“ग सङ्ग्रहपुस्तिका निकाल्ने आर्थिक क्षमता नभएको उनी बताउ“छन् । कार्कीले गाएको माओवादी द्वन्द्वको गीत सुन्दा आफ्नो मात्र होइन, जोकोहीको आ“खाबाट आ“सु झर्ने गरेको गाईघाटकी एलिना भट्टर्राई बताउ“छिन् ।

विमल खतिवडा/गाईघाट

 

घरघरमा मन्दिर

मन्दिर कुनै एउटा निश्चित ठाउ“मा हुन्छ तर एउटै भगवान्को मन्दिरचाहि“ सबैको घरघरमा पुग्छ । हरेक शनिबार काठमाडौ“, मैतीदेवीका हरेक पसलमा मैतीदेवीको मन्दिर पुर्‍याइन्छ । पुजारी प्रवीण बिहानैदेखि मैतीदेवीको मूर्ति बोकी पसल-पसल पुर्‍याउ“छन्  । भन्छन्, "विशेष गरेर शनिबार बिहान मन्दिरमा भीड हुने गरेकाले असलीजस्तै मूर्ति बनाई घरघरमै पुर्‍याउने गरिएको हो ।"

मन्दिर लिएर बाहिर निस्कनेबित्तिकै सडकको पेटीमा स्थानीय पङ्क्तिबद्ध भएर बस्छन् अनि, पूजा गर्छन्  । यसरी भारमा मन्दिर बोकी बिहान ६ बजे निस्कने पुजारी १० बजे मात्र आफ्नो कोठा पुग्छन् । मैतीदेवी मात्र होइन, भारमा राखिएको मूर्ति डिल्लीबजार, बागबजारलगायतका ठाउ“सम्म घुमाउने गरिएको पुजारी बताउ“छन् ।

कृष्ण पहरा/काठमाडा“ै

लेखनदास महिला

मायादेवी सोती, ४०, बिहान घरको काम सकेर १० देखि ५ बजेसम्म मालपोत कार्यालयमा हुन्छिन् । तनहु“को व्यास नगरपालिका-१०, बीसघरेकी सोतीले ०४३ सालदेखि लेखनदास पेसा थालेकी हुन् । १० कक्षासम्म मात्र पढेकी उनका पति शिक्षक छन् । भन्छिन्, "घरको काममा छोराछोरीले सघाएका छन् र सबैतिर भ्याएकी छु ।"

मालपोत कार्यालय तनहु“मा कार्यरत तीन दर्जन पुरुष लेखनदासमध्ये उनी एक मात्र महिला हुन् । उनी जग्गा नामसारी, छुटदर्ता, संशोधन, रजिस्ट्रेसन पास, अंशबण्डासहित राहदानी र नागरकिता बनाउने कामका लिखत तयार पार्न सिपालु छिन् । उनी दैनिक करबि दुइ सय रुपिया“ आम्दानी गर्छिन्  । भन्छिन्, "दैनिक तीन-चारवटा काम आउ“छन्, अधिकांश महिलाका जग्गासम्बन्धी परेका समस्या मकहा“ आउ“छन् ।" उनी बचेको समय राजनीति र समाजसेवामा बिताउ“छिन् । उनी नेपाल महिला सङ्घ, जिल्ला कार्यसमितिकी सहसचिव पनि हुन्  ।

सन्तोष पोखरेल/दमौली

एकैचोटि सय जनाको सरुवा

एकपटकमा एक-दुइ कर्मचारीको सरुवा हुनु सामान्य हो । तर, रौतहटमा एकैपटक एउटै कार्यालयका १ सय २४ कर्मचारीको सरुवा गरएिको छ । जिल्ला वन कार्यालयमा कार्यरत १ सय २६ कर्मचारीमध्ये दुइ जनाबाहेक सबैको काज सरुवा भएको हो । वन मन्त्रालयले वन अतिक्रमण रोक्न नसकेको जनाउ“दै वैशाख २३ गते जिल्ला वन अधिकृत महेन्द्र चौधरी, रेन्जर, सशस्त्र वनरक्षक, वनपाले-लगायतको सरुवा गरेको हो । एकैपटक अधिकांश कर्मचारीको सरुवा गरेको भन्दै कर्मचारीले कार्यालयमा चार घन्टा तालाबन्दी गरी धर्नासमेत बसेका थिए । रौतहटमा केही समययता वन अतिक्रमण बढ्दै गएको समाचार र्सार्वजनिक भएका थिए ।

 

 

 

चारपुस्ते लिच्ची

हिजोआज गमलामै फुल्ने र फल्ने आधुनिक जातका 'माइक्रो’ फलफूल आएका छन् । तर, देउराली-७ की मेनुमाया अधिकारी, ९२, को घरमा भीमकाय लिच्चीको बोट छ । जङ्गलका साल र सल्लाका बोट त के ठूला हुन्छन् र - त्यति ठूलो छ यो लिच्चीको बोट । एउटै बोटमा १०-१० फिट गोलाइ भएका दुइटा मूल हा“गा फेदैबाट फैलिएका छन् । उचाइ ५० मिटरभन्दा बढी छ । सयौ“ हा“गाहरू छन् । यसले सिङ्गो डा“डा ढाकेको छ, जसमा वाषिर्क पा“च लाखभन्दा बढी लिच्ची फल्छन् । तर, जतिसुकै फले पनि बेचेकी छैनन् अधिकारीले । भन्छिन्, "फलफूल त बेच्ने होइन, बा“डीचु“डी खानुपर्छ ।"

उनका ससुराले भारतको पटनाबाट ल्याएर १ सय ५० वर्षघि लगाएको यस लिच्चीले चार पुस्तालाई स्वाद चखाइसकेको छ । भन्छिन्, "यसले अपार आयु पाएको रहेछ  । मैले देखेदेखि यत्रै र यस्तै छ । अझ घर बनाउ“दा एउटा ठूलो हा“गा काटिएको थियो ।" यो लिच्ची नखाने छरछिमेक, इष्टमित्र, बटुवा कोही छैन । यति मात्र होइन, घरमाइत, मावली, आफन्तकहा“ ओहोरदोहोर गर्ने गाउ“घरका सबै चेलीबेटीदेखि केटाकेटीसम्मलाई धेरैथोरै बा“डेकी छन् अधिकारीले ।

भगवान खनाल/गोरखा

भत्ता दिने नागरिक

झापाको का“कडभिट्टामा यस्ता वृद्ध पनि छन्, जो पा“च जनालाई मासिक भत्ता उपलब्ध गराइरहेका छन् । त्यस्ता महामना हुन्, छत्रबहादुर बस्नेत, ८९ ।

बस्नेतले ७० वर्षाथिका अशक्त, अपाङ्ग, बिरामी र काम गर्न नसक्ने पा“च जनालाई १ सय १५ रुपिया“का दरले मासिक सहयोग बा“ड्दैछन् । भन्छन्, "स्वास्थ्य र आर्थिक अवस्था हेरेर छनोट गरेको छु, अझै पनि कोही त्यस्तो भए सहयोग गर्छु"

बस्नेतले छत्रहरी वृद्धवृद्धा अक्ष्ँय कोषका नाममा ब्याङ्कमा रकम जम्मा गरेर संस्थागत रूपमै सहयोग गर्दै आएका हुन् । कोषबाट प्रत्येक चार-चार महिनामा रकम निकालेर उनी आफै“ वृद्धवृद्धालाई बुझाउ“छन् । उनले यसरी भत्ता उपलब्ध गराउ“दै आएको १० वर्षभयो । यस क्रममा ११ परविारलाई निजी जग्गा दिएर बसोवासको व्यवस्थासमेत मिलाइदिएका छन् । त्यसरी बस्ने-खाने व्यवस्था गराइदि“दा आफ्नो १२ लाख रुपिया“भन्दा बढी खर्च भइसकेको उनको भनाइ छ । थप्छन्, "कसैलाई आपत् पर्‍यो भने हेररिहनु त भएन नि †" उनले मृत्युपश्चात् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका विद्यार्थीलाई अध्ययन र परीक्षणका लागि आफ्नो शरीर दान गर्ने घोषणा पनि गरिसकेका छन् ।

गङ्गा बराल/दमक

 

 

 

 

 

२ लाख भुस्याहा कुकुर छन् काठमाडौ“ उपत्यकामा । काठमाडौ“ महानगरपालिकाले छाडा कुकुरलाई विष खुवाउने र मार्ने अभियान बन्द गरेपछि भुस्याहा कुकुरको सङ्ख्या बढेको हो । जनावर अधिकारसम्बन्धी सङ्घसंस्थाले कुकुर मार्ने कार्यको विरोध गरेपछि दुइ वर्षघि अभियान स्थगन गरिएको थियो ।

स्रोत ः काठमाडौ“ महानगरपालिका

 गत साता

निधन

रामानन्दप्रसाद सिंह, ०४७ सालका संविधान मस्यौदा समितिका सदस्य तथा वरिष्ठ अधिवक्ता, हृदयघातबाट वैशाख २५ गते ।

पुरस्कृत

दामोदर न्यौपाने र दिवङ्गत वीरेन्द्र साह, पत्रकार, ०६४ सालको श्रीधर पत्रकारतिा पुरस्कारबाट  । पत्रकारतिा क्षेत्रकै सबैभन्दा ठूलो धनराशिको पुरस्कार । रकमः १ लाख ११ हजार १ सय रुपिया“ ।

माधवलाल कर्माचार्य, समालोचक, ०६४ सालको युगकवि सिद्धिचरण पुरस्कारबाट । वाङ्मय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत । रकमः ५० हजार रुपिया“ ।

हत्या

जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका कार्यकर्ताद्वारा बा“केका माओवादी कार्यकर्ता मुक्तियार दर्जीको गोली हानी ।

मृत्यु

ओखलढुङ्गाको माम्खा गाविसका निर्मल र्राईका तीन छोराछोरीसहित चारको खार्पेखोलाले बगाएर  ।

गठन

सुन्दरनाथ भट्टर्राईको अध्यक्षतामा नेपाल पर्ूवराजदूत सङ्घ । सङ्घको उपाध्यक्षमा केदारभक्त माथेमा, महासचिवमा पुष्करमानसिंह राजभण्डारीलगायत पदाधिकारी छन् ।

लुटपाट

झापाको दमकस्थित लक्ष्मी ब्याङ्कबाट वैशाख २२ गते दिउ“सो ८० लाख रुपिया“ ।

राजीनामा

धर्मराज निरौला, विधायक सुनसरी-२, नेकपा एमालेले सुनसरीबाट सिफारसि गरएिकालाई समानुपातिकमा मनोनयन नगरेको भन्दै पार्टी सचिवबाट ।


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur