Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

  नेपाल
  झटारो
  चरितचर्चा
  आँखीझ्याल
  अभिमत
  आउट अफ फ्रेम
  हामी नेपाली
  संवाद
  राजनीति
  छोटकरी
  आवरण
  सीमापारि
  शान्तिप्रक्रिया
  अर्थ
  खेलकुद
  डायास्पोरा
  प्रवास
  बसिबिया“लो
  जीवन र कला
  अनुभूति
  साहित्य
  पुस्तक
  इन्द्रेणी
  नोटबुक
 
 
 अभिमत

माओवादी ः उस्तै हुने कि फरक ?


दुर्गा सुवेदी

माओवादीले जनयुद्धको माध्यमबाट उठाएको राज्यको पुनःसंरचना र संविधानसभाको एजेन्डालाई काङ्ग्रेस-एमालेले आ-आफ्नो पार्टी दस्तावेजहरूमा उल्लेख गरेर आफ्नो राजनीतिक पराजय आफै“ले लेखेका थिए । संविधानसभा चुनाव प्रचारका क्रममा माओवादीलाई राजनीतिक रूपले चुनौती दिने वैकल्पिक एजेन्डा र साङ्गठनिक ऊर्जा उनीहरूस“ग थिएन, बरु माओवादीकै नारा सापट लिएजस्तो मात्र देखिन्थ्यो । जनव्रि्रँेह गरेर आएको दललाई आतङ्ककारी र हत्याराको पार्टीनेर गरिएको प्रचार पनि आफै“मा विरोधाभासपर्ूण्ा थियो । हत्या-हिंसाकै राजनीति गरेर आएकाहरूस“ग शान्ति सम्झौता गरसिकेपछि तिनलाई राजनीतिक रूपले तेजोबध गर्न युद्धकालमा भएका घटना र दुर्घटनालाई मात्र नारा बनाएर चुनाव प्रचार गर्नु उचित थिएन । त्यस्तो प्रचारलाई मात्र आधार बनाएर मत माग्ने मध्यमार्गी दलहरूलाई जनताले पनि पत्याएनन् । आफूलाई ठूलो राजनीतिक शक्ति ठानेर सध“ै सत्ता र सम्पत्तिको भागबन्डा र भोगचलन गर्दै आएका काङ्ग्रेस-एमालेका नेताहरूलाई जनताले यसपल्ट दण्डित नै गरे ।

विगतमा माओवादी जनयुद्धको प्रतिवाद राजा, एमाले र काङ्ग्रेसले सत्तामा बसेरै गरेका हुन् । उनीहरूलाई परास्त गर्न नसकेर शान्ति सम्झौता गर्नुपरेको थियो । शान्ति सम्झौताको मूल पक्षलाई परविर्तनको अग्रणी भूमिका निर्वाह गर्ने जिम्मेवारी दिएर जनताले चमत्कार गरेका छन् । भ्रष्टाचार, दमन, शोषण, अन्याय र अत्याचारका भरमा चलेको राज्यसत्तालाई विस्थापित गर्न माओवादीले जनयुद्ध लडेका थिए । तर, युद्धको माध्यमबाट मात्रै सध“ै राज्यसत्ता कब्जा गर्दा न त्यो स्थायी हुन्थ्यो, न त विश्व जनमतले सहजै स्वीकार गर्ने थियो । त्यसैले माओवादीहरू संविधानसभाको बाटोबाट प्रचलित लोकतान्त्रिक पद्धतिमा प्रवेश गरेका हुन् । यो कुरा उनीहरूले जनतासमक्ष प्रस्ट पार्दै पनि आएका छन् ।

जनताले शब्दमा मात्र लोकतन्त्र र परविर्तनका कुरा गर्ने पुराना सत्ताधारी पार्टी तिनका नेतालाई भन्दा नया“ पार्टी नया“ नेतृत्वलाई अगाडि सारेका छन् । यो साहसपर्ूण्ा जननिर्ण्र्ाााई अस्वीकार गर्दै जनताले भय र आतङ्कका कारण आफूलाई मतदान गर्न पाएनन् भन्नुु पराजयको पीडाबोध मात्र हो । राजनीतिलाई भोगविलासको साधन बनाई सम्पन्नता आफू र आफ्ना परविारमा बा“डेेर जनतालाई सध“ै विपन्न बनाइराख्ने खेलमा लागेका दलका नेताहरूलाई जनताले यसपटक छानी-छानी परास्त गरे । आफू परास्त भएपछि जनता माओवादीस“ग डराए भन्नु राजनीतिक बेइमानीसिवाय केही होइन । विगतका संसदीय चुनावहरूमा काङ्ग्रेस-एमालेले भारतीय सीमा क्षेत्रबाट आ-आफ्नो क्षमता, स्रोत र साधन अनुसारको आतङ्क आयात गरेकै हुन् । यसपल्ट भने माओवादीको 'वाईसीएल'जस्तो लडाकू युवा सङ्गठनले लाखा“ै युवा तैनाथ गरेको प्रचार भएको हुनाले त्यस्तो तत्त्व ठूलो परमिाणमा आयात भएन । यस्तै परविेशमा माओवादीलाई जनताले देशको सबैभन्दा ठूलो दल अर्थात् सत्ता हा“क्न सक्ने दाबेदार बनाइदिएको छ ।

क्रान्तिकारीहरू सत्ताधारी भएपछि राष्ट्र र जनताका पक्षमा काम गर्न सक्ने हुन्-होइनन्, त्योचाहि“ हर्ेन पर्खनर्ैपर्छ । साधारण र सीमान्तकृत जनताले माओवादी नेतृत्वको सरकारबाट तत्काल राहतको आशा गरेका छन् । अहिले मह“गी, भ्रष्टाचार र दैनिक उपभोग्य वस्तुको अभाव दिनप्रतिदिन बढ्दै गएको छ । यहीबेला माओवादी पार्टीोषण र शासनको मुख्य किल्लाका रूपमा रहेको सिंहदरबारमा विराजमान हुन गइरहेको छ । हाम्रो देशको शासनको इतिहासमा सिंहदरबार पसेर सत्ताको कर्ुर्सर्ीी बस्ने सबै शक्तिलाई एउटा सङ्गठित भ्रष्ट गिरोहले बिहान-बेलुका स्तुति गर्दै, उद्घाटन-भाषण गराउ“दै उपहार र अभिनन्दनमा फर्साई भ्रष्ट र बेइमान बनाउन सफल हु“दै आएको छ । अहिले प्रारम्भिक अवस्थामै माओवादी नेताका अघिपछि ती अनुहारहरूलाई जनताले टेलिभिजन च्यानलमार्फ देख्न थालेका छन् । सधै“ हात जोड्ने, घ“ुडासम्म झुकेर बिन्तीभाव पर््रदर्शन गर्ने उनीहरूको चरत्रि नै हो । क्रान्तिकारी नेताहरू पनि तिनै बेइमान र भ्रष्टहरूको मोहपासमा फस्ने हुन् कि बच्ने हुन् भन्ने चर्चा जनस्तरमा छ ।

अर्कोतर्फडलरवादी अन्तर्रर्ााट्रय संस्थाका एजेन्टहरूले कार्यपत्र प्रस्तुत गर्ने, त्यसमा अन्तरक्रिया टीका-टिप्पणी गर्ने-गराउने काममा माओवादी पार्टी नेता-कार्यकर्तालाई खामबन्द डलर र तारे होटलमा भोज दिएर पथभ्रष्ट गराउने काम सुरु हुनेछ । एमाले र काङ्ग्रेसका नेता-कार्यकर्ताका साथै बुद्धिजीवी भनाउ“दाहरूलाई यस्ता संस्थाहरूले पथभ्रष्ट र ऐयासी बनाएकै कारण जनताबाट उनीहरू टाढा हुन पुगेका हुन् । आर्थिक विषमता कायम गरेर उपभोक्तावादको लालचमा मध्यम वर्गलाई फर्साई विश्वबजार कायम गर्ने एजेन्टका रूपमा यी संस्थाहरूले अनेक आकर्ष विकासे कार्यक्रमको मुकुन्डो भिरेका छन् । यस्ता संस्थाहरूस“ग माओवादीहरूले कस्तो सम्बन्ध कायम गर्ने हुन्, जनताले नियालिरहेका छन् ।

वर्तमान सङ्क्रमणकालीन मुलुकको व्यवस्थापन गरेर संविधान निर्माण गर्ने जिम्मेवारी माओवादीले लिन चाहेका थिए, जनताले त्यो मौका दिए । अब जनता र राष्ट्रको अल्पकालीन तथा दर्ीघकालीन हित गर्ने व्यावहारकि कार्ययोजना अघि सारेर सा“च्चै काम गरेर देखाउने पालो माओवादीको हो । जनताले चाहेको चमत्कार राजनीतिक खेल तमासा होइन  । जनपक्षीय आर्थिक-सामाजिक परविर्तनको चाहना हो । विगतमा अन्य राजनीतिक शक्तिले गर्न नसकेको परविर्तन माओवादीले गरे भने त्यसलाई चमत्कार नै मान्नर्ुपर्छ, नत्र यो नया“ पार्टीनि उही ड्याङको मूला नै हुनेछ ।

-माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सुरुवाती भूमिका खेलेका सुवेदी नेपाली काङ्ग्रेसका पुराना कार्यकर्ता हुन् ।)


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur