माओवादी ः उस्तै हुने कि फरक ?
दुर्गा सुवेदी
माओवादीले जनयुद्धको माध्यमबाट उठाएको राज्यको पुनःसंरचना
र संविधानसभाको एजेन्डालाई काङ्ग्रेस-एमालेले आ-आफ्नो पार्टी
दस्तावेजहरूमा उल्लेख गरेर आफ्नो राजनीतिक पराजय आफै“ले लेखेका
थिए । संविधानसभा चुनाव प्रचारका क्रममा माओवादीलाई राजनीतिक
रूपले चुनौती दिने वैकल्पिक एजेन्डा र साङ्गठनिक ऊर्जा उनीहरूस“ग
थिएन, बरु माओवादीकै नारा सापट लिएजस्तो मात्र देखिन्थ्यो ।
जनव्रि्रँेह गरेर आएको दललाई आतङ्ककारी र हत्याराको पार्टीनेर
गरिएको प्रचार पनि आफै“मा विरोधाभासपर्ूण्ा थियो । हत्या-हिंसाकै
राजनीति गरेर आएकाहरूस“ग शान्ति सम्झौता गरसिकेपछि तिनलाई राजनीतिक
रूपले तेजोबध गर्न युद्धकालमा भएका घटना र दुर्घटनालाई मात्र
नारा बनाएर चुनाव प्रचार गर्नु उचित थिएन । त्यस्तो प्रचारलाई
मात्र आधार बनाएर मत माग्ने मध्यमार्गी दलहरूलाई जनताले पनि
पत्याएनन् । आफूलाई ठूलो राजनीतिक शक्ति ठानेर सध“ै सत्ता र
सम्पत्तिको भागबन्डा र भोगचलन गर्दै आएका काङ्ग्रेस-एमालेका
नेताहरूलाई जनताले यसपल्ट दण्डित नै गरे ।
विगतमा माओवादी जनयुद्धको प्रतिवाद राजा, एमाले र काङ्ग्रेसले
सत्तामा बसेरै गरेका हुन् । उनीहरूलाई परास्त गर्न नसकेर शान्ति
सम्झौता गर्नुपरेको थियो । शान्ति सम्झौताको मूल पक्षलाई परविर्तनको
अग्रणी भूमिका निर्वाह गर्ने जिम्मेवारी दिएर जनताले चमत्कार
गरेका छन् । भ्रष्टाचार, दमन, शोषण, अन्याय र अत्याचारका भरमा
चलेको राज्यसत्तालाई विस्थापित गर्न माओवादीले जनयुद्ध लडेका
थिए । तर, युद्धको माध्यमबाट मात्रै सध“ै राज्यसत्ता कब्जा गर्दा
न त्यो स्थायी हुन्थ्यो, न त विश्व जनमतले सहजै स्वीकार गर्ने
थियो । त्यसैले माओवादीहरू संविधानसभाको बाटोबाट प्रचलित लोकतान्त्रिक
पद्धतिमा प्रवेश गरेका हुन् । यो कुरा उनीहरूले जनतासमक्ष प्रस्ट
पार्दै पनि आएका छन् ।
जनताले
शब्दमा मात्र लोकतन्त्र र परविर्तनका कुरा गर्ने पुराना सत्ताधारी
पार्टी तिनका नेतालाई भन्दा नया“ पार्टी नया“ नेतृत्वलाई अगाडि
सारेका छन् । यो साहसपर्ूण्ा जननिर्ण्र्ाााई अस्वीकार गर्दै
जनताले भय र आतङ्कका कारण आफूलाई मतदान गर्न पाएनन् भन्नुु पराजयको
पीडाबोध मात्र हो । राजनीतिलाई भोगविलासको साधन बनाई सम्पन्नता
आफू र आफ्ना परविारमा बा“डेेर जनतालाई सध“ै विपन्न बनाइराख्ने
खेलमा लागेका दलका नेताहरूलाई जनताले यसपटक छानी-छानी परास्त
गरे । आफू परास्त भएपछि जनता माओवादीस“ग डराए भन्नु राजनीतिक
बेइमानीसिवाय केही होइन । विगतका संसदीय चुनावहरूमा काङ्ग्रेस-एमालेले
भारतीय सीमा क्षेत्रबाट आ-आफ्नो क्षमता, स्रोत र साधन अनुसारको
आतङ्क आयात गरेकै हुन् । यसपल्ट भने माओवादीको 'वाईसीएल'जस्तो
लडाकू युवा सङ्गठनले लाखा“ै युवा तैनाथ गरेको प्रचार भएको हुनाले
त्यस्तो तत्त्व ठूलो परमिाणमा आयात भएन । यस्तै परविेशमा माओवादीलाई
जनताले देशको सबैभन्दा ठूलो दल अर्थात् सत्ता हा“क्न सक्ने दाबेदार
बनाइदिएको छ ।
क्रान्तिकारीहरू सत्ताधारी भएपछि राष्ट्र र जनताका पक्षमा
काम गर्न सक्ने हुन्-होइनन्, त्योचाहि“ हर्ेन पर्खनर्ैपर्छ ।
साधारण र सीमान्तकृत जनताले माओवादी नेतृत्वको सरकारबाट तत्काल
राहतको आशा गरेका छन् । अहिले मह“गी, भ्रष्टाचार र दैनिक उपभोग्य
वस्तुको अभाव दिनप्रतिदिन बढ्दै गएको छ । यहीबेला माओवादी पार्टीोषण
र शासनको मुख्य किल्लाका रूपमा रहेको सिंहदरबारमा विराजमान हुन
गइरहेको छ । हाम्रो देशको शासनको इतिहासमा सिंहदरबार पसेर सत्ताको
कर्ुर्सर्ीी बस्ने सबै शक्तिलाई एउटा सङ्गठित भ्रष्ट गिरोहले
बिहान-बेलुका स्तुति गर्दै, उद्घाटन-भाषण गराउ“दै उपहार र अभिनन्दनमा
फर्साई भ्रष्ट र बेइमान बनाउन सफल हु“दै आएको छ । अहिले प्रारम्भिक
अवस्थामै माओवादी नेताका अघिपछि ती अनुहारहरूलाई जनताले टेलिभिजन
च्यानलमार्फ देख्न थालेका छन् । सधै“ हात जोड्ने, घ“ुडासम्म
झुकेर बिन्तीभाव पर््रदर्शन गर्ने उनीहरूको चरत्रि नै हो । क्रान्तिकारी
नेताहरू पनि तिनै बेइमान र भ्रष्टहरूको मोहपासमा फस्ने हुन्
कि बच्ने हुन् भन्ने चर्चा जनस्तरमा छ ।
अर्कोतर्फडलरवादी अन्तर्रर्ााट्रय संस्थाका एजेन्टहरूले कार्यपत्र
प्रस्तुत गर्ने, त्यसमा अन्तरक्रिया टीका-टिप्पणी गर्ने-गराउने
काममा माओवादी पार्टी नेता-कार्यकर्तालाई खामबन्द डलर र तारे
होटलमा भोज दिएर पथभ्रष्ट गराउने काम सुरु हुनेछ । एमाले र काङ्ग्रेसका
नेता-कार्यकर्ताका साथै बुद्धिजीवी भनाउ“दाहरूलाई यस्ता संस्थाहरूले
पथभ्रष्ट र ऐयासी बनाएकै कारण जनताबाट उनीहरू टाढा हुन पुगेका
हुन् । आर्थिक विषमता कायम गरेर उपभोक्तावादको लालचमा मध्यम
वर्गलाई फर्साई विश्वबजार कायम गर्ने एजेन्टका रूपमा यी संस्थाहरूले
अनेक आकर्ष विकासे कार्यक्रमको मुकुन्डो भिरेका छन् । यस्ता
संस्थाहरूस“ग माओवादीहरूले कस्तो सम्बन्ध कायम गर्ने हुन्, जनताले
नियालिरहेका छन् ।
वर्तमान सङ्क्रमणकालीन मुलुकको व्यवस्थापन गरेर संविधान निर्माण
गर्ने जिम्मेवारी माओवादीले लिन चाहेका थिए, जनताले त्यो मौका
दिए । अब जनता र राष्ट्रको अल्पकालीन तथा दर्ीघकालीन हित गर्ने
व्यावहारकि कार्ययोजना अघि सारेर सा“च्चै काम गरेर देखाउने पालो
माओवादीको हो । जनताले चाहेको चमत्कार राजनीतिक खेल तमासा होइन
। जनपक्षीय आर्थिक-सामाजिक परविर्तनको चाहना हो । विगतमा अन्य
राजनीतिक शक्तिले गर्न नसकेको परविर्तन माओवादीले गरे भने त्यसलाई
चमत्कार नै मान्नर्ुपर्छ, नत्र यो नया“ पार्टीनि उही ड्याङको
मूला नै हुनेछ ।
-माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सुरुवाती भूमिका खेलेका
सुवेदी नेपाली काङ्ग्रेसका पुराना कार्यकर्ता हुन् ।)