सोनियाको
पत्र प्रचण्डलाई
भारतको माओवादी-नीति
माओवादीको
भारत-नीति
सुधीर शर्मा
१२
वर्षघि रोल्पाबाट 'बुलेट' पड्काउन थालेदेखि संविधानसभाको 'ब्यालेट'सम्म
आइपुग्दा माओवादीहरूले अधिकांश आन्तरकि मोर्चाहरू छिचोल्दै आए
। तर, अन्तर्रर्ााट्रय मोर्चामा चाहि“ हाबी हुन सकिरहेका थिएनन्
। हालको चुनावबाट भने उनीहरूले आन्तरकिस“गै बाह्य वैधता पनि
हासिल गरेका छन् ।
खुला राजनीतिमा आएदेखि नै माओवादीहरूको एउटा
मुख्य उद्देश्य अन्तर्रर्ााट्रय सम्बन्ध विस्तार गर्नु थियो
। दुइ वर्षम्म त्यो अनौपचारकि ढङ्गले मात्र अगाडि बढ्यो । तर,
माओवादीका पक्षमा आएको चुनावी लहरले त्यसका निम्ति वैधानिक बाटो
खोल्यो । चुनावलगत्तै संयुक्त राष्ट्रसङ्घले माओवादी नेतृत्वस“ग
नेपालस्थित विदेशी राजदूत एवम् दातृ निकायका प्रमुखहरूको अन्तरक्रिया
गरायो, जुन हिजोका 'आतङ्ककारी'लाई अन्तर्रर्ााट्रय समुदायले
गरेको अनुमोदन थियो । त्यहा“ उपस्थित अमेरकिी राजदूत नान्सी
जे पावेलले केही दिनपश्चात् प्रचण्डस“ग पहिलोचोटि छुट्टै प्रत्यक्ष
वार्ता गरनि् ।
यसबीच प्रचण्डस“ग अमेरकिासहित भारत, चीन, बेलायत,
जापान, नर्वे आदि देशका राजदूतहरूले पनि भेटघाट गरसिकेका छन्
। चिनिया“ कम्युनिस्ट पार्टीे विदेश विभागका महानिर्देशक आई
पिङ्को नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले पनि माओवादी
नेतृत्वस“ग दुइ-दुइपटक कुराकानी गर्यो । र, चिनिया“ कम्युनिस्ट
पार्टीेकपा माओवादीस“ग सम्बन्ध गँ“स्न तयार रहेको सङ्केत दियो
।
चीनभन्दा एक कदम अगाडि बढेर भारतले माओवादीलाई
औपचारकि मान्यता दिएको छ । त्यहा“को सत्तारुढ कङ्ग्रेस पार्टी
अध्यक्ष सोनिया गान्धीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई
लिखित बधाई पठाउ“दै दुइ पार्टीच सम्बन्ध गा“सेकी हुन् । सोनियाको
सन्देशमा भनिएको छ, "तपार्इंको जित बहुदलीय प्रजातन्त्रको
संयन्त्रका माध्यमबाट मूलधारमा प्रवेश गर्ने तपार्इंको दूरदर्शी
एवम् गहन निर्ण्र्ााो प्रतिफल हो । यो चुनावमा भाग लिएर तपार्इं
र तपाईंको पार्टी नेपालमा प्रजातन्त्रको जगलाई मजबुत पार्नुभएको
छ ।" उनले प्रचण्ड र प्रचण्डका सहकर्मीहरूलाई नया“ चुनौतीहरू
र महत्त्वपर्ूण्ा जिम्मेवारीहरू सम्हाल्नका निम्ति कामना पनि
गरेकी छन् ।
भारतका पर्ूवप्रधानमन्त्री इन्दरकुमार गुजरालले
त अझ अगाडि बढेर 'नेपालको इतिहासलाई प्रजातान्त्रिक पद्धतिबाटै
ऐतिहासिक मोड दिएकामा हृदयदेखिको सम्मान' प्रकट गरेका छन् ।
उनी माओवादीका पुरानै प्रशंसक हुन् । २०६३ मङ्सिरमा प्रचण्ड
पहिलो खुला विदेश भ्रमणका क्रममा दिल्ली पुग्दा गुजरालले भनेका
थिए, "मैले क्रान्तिलाई इतिहासमा पढेको थिए“ तर तपार्इंहरूले
गरेर देखाइदिनुभयो ।"
माओवादीका पक्षमा चुनावी परण्िााम आएलगत्तै
भारतका विदेशमन्त्री प्रणव मुखर्जीले टेलिफोनमार्फ प्रचण्डलाई
बधाई दिएका थिए । यसस“गै उनलाई भारत भ्रमणको आमन्त्रण पनि आइरहेको
छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहका दूतका रूपमा काठमाडौ“
आएका मार्क्सवादी कम्युनिस्ट पार्टीसीपीएम)का नेता सीताराम येचुरीले
आफ्नो पार्टी सरकार चलाइरहेको पश्चिम बङ्गाल राज्यका मुख्यमन्त्री
बुद्धदेव भट्टाचार्यका तर्फाट कोलकाता भ्रमणको निम्तो पनि माओवादी
नेतृत्वलाई बुझाएका छन् । प्रचण्डलाई भारत भ्रमणको सरकारी निम्तो
चुनावअघि नै आइरहेको थियो, जो अब नया“ सरकार गठनपश्चात् पूरा
हुनसक्छ ।
भारत पछिल्लो अवधिमा माओवादीहरूस“ग औपचारकि
रूपले नै नजिकिन प्रयासरत देखिन्छ । माओवादी नेताहरूले पनि 'भारतको
सहयोगबिना नेपालमा स्थायित्व र समृद्धि सम्भव नरहेको' प्रतिक्रिया
दिइरहेका छन् । माओवादी र भारतीय संस्थापनबीच बढ्दो हिमचिमबाट
के सङ्केत मिल्छ - यसको पृष्ठभूमि बुझ्न अलि पछाडि र्फकनुपर्ने
हुन्छ ।
राजा, माओवादी र भारत
माओवादीले ०५२ सालमा जनयुद्ध सुरु गर्नुपर्ूव
सरकारलाई बुझाएको ४० बु“दे 'अल्टिमेटम'मा असमान सन्धि खारेजी,
सीमा नियन्त्रण, गोर्खा भर्ती रद्द गर्नुपर्नेलगायत कम्तीमा
नौवटा मागहरू भारततर्फै लक्षित थिए । तर, युद्ध थालेपछि माओवादी
नेताहरू भारतीय भूमिमै बसे । भारतमा रहे पनि देशभित्र राष्ट्रियताकै
नारा दिइरहेका थिए । र, संसदीय शक्तिस“ग लडिरहेकाले राजा र सेनास“ग
अघोषित कार्यगत एकताको कोसिस गर्दै थिए । तर, ०५८ सालबाट सेना
र दरबारस“गै युद्ध सुरु भएपछि र तिनलाई सघाउन अमेरकिा आएपछि
माओवादीहरू भारतीय संस्थापनस“ग नजिकिन थाले ।
भारतीयहरू पनि त्यही चाहन्थे । तर, नेपालमा
सेनालाई सघाउने नाममा अमेरकिा हाबी हुन थालेको उनीहरूलाई स्वाभाविक
लागेको थिएन । त्यसैले आफ्नो भूमिबाट भइरहेको माओवादी गतिविधिमाथि
खासै अङ्कुश नलगाए पनि माओवादीविरुद्ध लडिरहेको नेपाली सेनालाई
चाहि“ अमेरकिाले भन्दा ज्यादा सहयोग दिए । र, ०५९ सालबाट भने
आफ्नो देशमा भइरहेको माओवादी गतिविधिमाथि पनि आंशिक नियन्त्रण
गर्न थाले । त्यही क्रममा त्यहा“ किरण, सीपी गजुरेल आदि समातिए
भने प्रचण्ड स्वयम् अलिकतिले मात्र जोगिए । त्यसपश्चात् ०६१
असारमा प्रचण्डहरू भारतीय भूमि छाडेर स्वदेश पसे । अनि, भारतविरुद्ध
सुरुङ युद्ध लड्ने र 'नोकर होइन, मालिकस“गै वार्ता गर्ने' नीति
लिए । राजास“ग मेलमिलापको हात बढाइएको बेला थियो त्यो । सर्म्पर्कसूत्रमार्फ
वार्ता पनि सुरु भयो । तर, राजाले माघ १९ मा 'कू' नै गरेर सम्भावित
सहमतिको ढोका बन्द गरेपछि सहकार्य हुन सकेन ।
राजाले चाल्न लागेको माघे कदमबारे भारत बेखबर
थिएन तर उनले व्यवस्था नै बदल्ने खालको कदम चाल्छन् भन्नेचाहि“
सायद दिल्लीले सोचेको थिएन । त्यही भएर झस्किएको दिल्लीले माओवादीस“ग
लडिरहेको नेपाली सेनालाई दिइरहेको सहयोग रोकिदियो । यद्यपि,
राजालाई नै सघाउनुपर्ने मत त्यहँ“को विपक्षी भारतीय जनता पार्टीबीजेपी)भित्र
मात्र थिएन, भारतीय कङ्ग्रेसमा समेत राजा पक्षधरहरू थिए । जस्तो
तत्कालीन विदेशमन्त्री नटवरसिंह । उनकै प्रयासमा ०६२ वैशाख १०
गते जकार्तामा अप|mो-एसियाली राष्ट्रहरूको शिखर सम्मेलनमा भाग
लिन गएका राजा ज्ञानेन्द्र र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच
वार्तालाप भयो, जहा“ सिंहले शस्त्रास्त्र सहयोग पुनः सुचारु
गर्ने वचन व्यक्तिगत रूपमा दिए ।
उसबेला भुटान भ्रमणमा रहेका विदेशसचिव श्याम
शरणलाई समेत त्यसबारे सूचित गरएिको थिएन । तर, राजाले तत्कालै
पत्रकारसामु भारतले सैन्य सहयोग दिन लागेको घोषणा मात्र गरििदएनन्,
स्वदेश फर्केर मनमोहन सिंहलाई दिएको वचन अनुरूप काङ्ग्रेस-एमालेस“ग
राजनीतिक समझदारीसमेत कायम गरेनन् । राजाको व्यवहारबाट भारतीय
प्रधानमन्त्री अप्रसन्न थिए नै, त्यसमाथि श्याम शरणहरूको ब्युरोक्रेसी
र सीपीएमजस्ता पार्टीको चर्को विरोधका कारण नेपाली सेनालाई दिन
लागिएको सहयोग बीचैमा बन्द भयो ।
यता आक्रोशित राजाले भारतको सामरकि चिन्ता
बढाउने गरी चीनलाई र्सार्कको सदस्य बनाउने प्रस्ताव अगाडि सारे
। भारतीय रणनीतिकारहरू तर्सिहाले । एक जानकारका शब्दमा, त्यही
विन्दुबाट भारतीय संस्थापनले राजालाई तह लगाउने निधो गर्यो
। भारतले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको 'ट्वीन
पिलर थ्योरी' छाडेको वास्तवमा त्यही“देखि हो । भारतले माओवादी
र सात दललाई मिलाएर राजालाई चेपुवामा पार्ने नीति लियो । त्यही
पृष्ठभूमिमा दिल्लीमा १२ बु“दे समझदारी भयो । र, त्यसैको जगमा
जनआन्दोलन । राजा थान्को लागे ।
मञ्जुश्री थापाले ओपन डेमोक्रेसीमा 'इन्डिया
इन इट्स नेपाली ब्याकयार्ड' शर्ीष्ाक लेखमा भनेजस्तै नेपालमा
भारत सध“ै प्रभावशाली रह“दै आएको छ तर माओवादीलाई काङ्ग्रेस-एमालेस“ग
शान्तिवार्तामा प्रवेश गराउन नेतृत्वदायी भूमिका खेलेपछि नेपाल
मामिलामा भारतको संलग्नता नाटकीय रूपले बढ्यो । त्यो आजपर्यन्त
कायम छ ।
भारतका दुइ धार
संविधानसभा
भारतीय सोचबाहिरको विषय नभए पनि त्यसको परण्िाामचाहि“ भारतले
सोचेजस्तो आएन । तत्कालीन भारतीय राजदूत शिवशङ्कर मुखर्जीले
माओवादी पार्टीे २५-३० सिट मात्र आउने आफूहरूको अनुमान रहेको
खुलासा चुनावपश्चात् प्रचण्डस“ग गरेका थिए । सबैखाले गुप्तचरी
सूचनामा पहु“च भएका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार एमके
नारायणनले त चुनावको पर्ूवसन्ध्यामा नेपाली काङ्ग्रेस पहिलो
नम्बरमा आउने घोषणा नै गरेका थिए सीएनएन आईबीएन च्यानलमार्फ
। त्यसपश्चात् दोस्रोमा एमाले र तेस्रोमा माओवादी आउने उनीहरूको
आकलन थियो ।
भारतको विदेश मन्त्रालयले हालै पटनामा गरेको
एक कार्यक्रममा नेपाली सहभागीहरूले नारायणनबाट त्यस्तो धारणा
किन आएको होला भनी निकै सोधीखोजी गरेपछि आयोजक श्याम शरणले त्यो
उनको निजी विचार थियो भनी र्टार्न खोजे । वास्तवमा नेपालका मिडियादेखि
बुद्धिजीवी र सरकारी सयन्त्रहरूका निम्ति जसरी चुनावी परण्िााम
अनपेक्षित रह्यो, भारतीय एजेन्सीहरू पनि उसैगरी झुक्किए ।
तैपनि, संविधानसभा गराउने र त्यसमार्फ माओवादीलाई
मूलधारमा ल्याउने भारतीय योजना कार्यान्वयन भयो । यसका निम्ति
माओवादी र सात दलबीच सहकार्य गर्ने वातावरण बनाउनर्ुपर्छ भनेर
उसबेला प्रकाश करात र सीताराम येचुरीजस्ता सीपीएम नेताहरू, श्याम
शरणलगायत विदेश मन्त्रालयका पदाधिकारी, गुप्तचर संस्था 'र'का
हाकिम हर्मिज थाराकन, एसडी मुनीजस्ता सत्तानिकट बुद्धिजीवीहरू
आदि लागिपरेका थिए । अहिले उनीहरू नै आफूले लिएको लाइन सही भएको
र माओवादीलाई मूलधारमा राखिरहन सत्तारोहणका निम्ति मार्ग प्रशस्त
गरििदनुपर्ने वकालत भारतीय संस्थापनभित्र गर्दैछन् । माओवादीले
पहिलेजस्तो धेरै 'लबिङ्' नै गर्नुपरेको छैन ।
'र'का पर्ूवप्रमुख हर्मिजले हालै इन्डियन एक्सप्रेसमा
लेखे, "नेपालमा माओवादीको जितबाट भारत सरकारले लिनसक्ने
सबभन्दा ठूलो उपलब्धि भनेको यसबाट भारतका माओवादीमाथि पर्ने
-सकारात्मक) प्रभाव हो ।" उनले नेपालको घटनाक्रमबाट भारतका
माओवादीहरूलाई प्रजातान्त्रिक मूलधारमा आउन प्रेरति गर्ने, सरकारले
माओवादस“ग सामना गर्न अपनाएका सबै पर्ूववर्ती रणनीति-कार्यनीतिहरू
बदल्नुपर्ने र उनीहरूस“ग वार्ता प्रयास थाल्नुपर्ने तर्क पनि
गरेका छन् ।
भारतीय संस्थापनको दृष्टिकोण यही मात्रचाहि“
होइन । त्यहा“ पहिलेदेखि नै माओवादीलाई हर्ेर्ने मामिलामा दुइ
भिन्न धारहरू विद्यमान छन् । त्यसमध्ये एउटा पक्षले सात दल-माओवादीबीच
सहकार्य हुनुपर्ने र भारतका माओवादीलाई समेत प्रेरति गर्ने गरी
नेपाली माओवादीलाई मूलधारमा ल्याउन सकिने तर्क गथ्र्यो भने अर्को
धारले चाहि“ त्यस्तो नरम नीतिबाट माओवादीलाई एकलौटी ढङ्गले सत्ता
कब्जा गर्न प्रोत्साहन मात्र मिल्ने दाबी गथ्र्योर्/गर्छ ।
खासगरी भारतभित्र माओवादीस“ग मुकाबिला गररिहेको
आन्तरकि जासूसी संस्था 'आईबी', त्यहा“को सेना, विपक्षी बीजेपी
आदिले यस्तो धारणा राख्छन्, जुन दृष्टिकोण त्यहा“को संस्थापनमा
हाबी हुन सकेको छैन । यस्तै धारको प्रतिनिधित्व गर्ने भारतका
एक पर्ूवगुप्तचर अधिकारी बी रमनले त कतिसम्म लेखे भने, नेपाललाई
माओवादीको पञ्जाबाट जोगाउन नेपाली सेनाबाट 'कू' गराउनका निम्ति
भारतले सघाउनर्ुपर्छ ।
माओवादी के चाहन्छन् भारतस“ग ?
भारतीय संस्थापनभित्र अहिले सम्भव भए गिरजिाप्रसाद
कोइराला र माओवादीबीच राष्ट्रपति र प्रधानमन्त्री पद बा“डचु“ड
गरेर अगाडि बढाउन चाहने धार प्रभावी छ । जसले कोइरालालाई राष्ट्रपति
बनाउने कुरामा नेपालभित्र राजनीतिक सहमति हुन नसकेमा र्'पर्खने
र हर्ेर्ने' नीति अर्न्तर्गत माओवादीलाई नै एकपटक सरकार चलाउन
दिनुपर्ने मान्यता राख्छ । तर, त्यसका निम्ति अन्तरमि संविधान
संशोधन गरी साधारण बहुमतबाटै प्रधानमन्त्री परविर्तन गर्न सकिने
प्रावधान राख्नुपर्ने सुझाव सीमापारबिाट आएको स्रोतहरू उल्लेख
गर्छन् । त्यसो भएमा माओवादीले एकतर्फी ढङ्गबाट सत्ता हा“क्न
खोजेमा लगाम लगाउन सकिने ठानिएको हुनसक्छ ।
त्यसो त माओवादीहरू स्वयम् हिजो आफूले दिएको
नाराजस्तै भारतविरुद्ध आक्रामक देखि“दैनन्, न त 'विस्तारवादी'
भएको आरोप लगाउ“छन् । उनीहरू व्यावहारकि कूटनीति अपनाउने तर
भारतस“गको सम्बन्धलाई चाहि“ पुनः परभिाषित गर्ने पक्षमा देखिन्छन्
। माओवादीका विदेश विभाग प्रमुख गौरवले पटना सम्मेलनमा आफ्नो
पार्टी भारतस“ग 'विशेष सम्बन्ध' होइन, 'औपचारकि सम्बन्ध' राख्न
चाहेको बताएका थिए ।
गौरवले भनेजस्तो विशेष सम्बन्धलाई औपचारकि
सम्बन्धमा परण्िात गर्ने हो भने सबभन्दा पहिले सन् १९५० को सन्धि
खारेज गर्नुपर्ने हुन्छ, जसले यी दुइ देशलाई विशेष रूपले बा“धेको
छ । प्रचण्डले भारतीय दैनिक हिन्दूलाई दिएको अन्तर्वार्तामा
सन् १९५० को सन्धि खारेज गरी नया“ सन्धि गर्नुपर्ने प्रस्ताव
चुनावपछि पहिलोचोटि राखेका थिए । लगत्तै दिल्लीबाट त्यसको समीक्षा
गर्न सकिने भन्दै द्विअर्थी प्रतिक्रिया आए पनि केही दिनमै भारतीय
प्रधानमन्त्रीको दूतका रूपमा काठमाडौ“ आएका येचुरीले सन्धि पुनरावलोकन
गर्ने काम संविधान निर्माणपछि गठन हुने नया“ सरकारले मात्र गर्नसक्ने
बताए । त्यसलाई लिएर नेपाली पक्षबाट र्समर्थन वा विरोध केही
भएन ।
सन् '५० को सन्धि पुनरावलोकन गर्नुपर्ने प्रस्ताव
पहिलोचोटि ०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले
राखेका थिए । त्यसपछि नेपाली प्रधानमन्त्रीको हरेक भारत भ्रमणमा
यो विषय द्विपक्षीय एजेन्डामा पर्ने गरेको छ । तर, यसलाई टुङ्गोमा
पुर्याउने अठोट कसैमा देखिन्न ।
र्सार्वजनिक टिप्पणी जे गरे पनि सम्भवतः माओवादीहरू
पनि यस्ता गम्भीर मामिलामा अहिल्यै हात हाल्न चाहन्नन् । उनीहरूको
तत्कालको चाहना भनेको दिल्लीले आफ्नो नेतृत्वमा सरकार गठन हुने
प्रक्रियामा अवरोध खडा नगरोस् । सम्भवतः आफ्नो सत्ताले स्थायी
स्वरूप ग्रहण नगरुन्जेल माओवादीले भारतलाई चिढ्याउने कदम चाल्ने
छैनन् । तर, माओवादीले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर
अगाडि बढ्न खोजेको खण्डमा ढिलोचा“डो भारतस“ग सम्बन्ध अहिलेकै
अवस्थामा नरहने प्रस्ट छ ।
नेपालमा भारतका दृश्य-अदृश्य अनेकखाले स्वार्थहरू
गा“सिएका छन् । तीमध्ये मुख्य हो, सुरक्षा स्वार्थ । आफ्नो सामरकि
सीमा नेपालको हिमालय शृङ्खला रहेको भन्ने नेहरुकालीन नीतिबाट
'साउथ ब्लक' धेरै पर पुगिसकेको छैन । ००७ सालमा काङ्ग्रेसको
जनमुक्ति सेना र नेपाली सेनाबीच समायोजनको विषयलाई लिएर भारतले
सैन्य मिसन नै पठाएको थियो, जो धेरै वर्षछि मात्र राजा महेन्द्रले
हटाउन सके ।
अहिले माओवादीको जनमुक्ति सेना र नेपाली सेनाबीच
अर्को समायोजनको प्रक्रिया हुनेवाला छ, जसमा भारतले आफ्नो भूमिका
सुनिश्चित गर्न खोजिरहेको जानकारहरू उल्लेख गर्छन् । त्यही भएर
संविधानसभा निर्वाचनपछि नेपालमा भारतको ध्यान सेना समायोजनको
मुद्दामा केन्द्रित हु“दैछ । जनसेनामाझ साक्षरता कार्यक्रम चलाउनेलगायतका
दिल्ली-प्रस्तावका सामरकि अभीष्ट सामान्य छैनन् ।
संविधानसभा चुनाव भइसकेकाले राष्ट्रसङ्घीय
मिसन 'अनमिन'लाई अब फिर्ता पठाउनुपर्ने भारतीय पक्षको भनाइ त्यत्तिकै
आएको होइन । सेना समायोजनको मुख्य काम बँ“की छ“दै अनमिनलाई फर्काएर
भारतले यस मामिलामा आफ्नो भूमिका सुनिश्चित पार्न चाहेको हुनसक्ने
एकथरी विश्लेषकहरूको अनुमान छ ।
नेपाली राजनीतिलाई प्रभावित पार्ने भारतको
शैली ००७ सालदेखि नै उस्तै छ- कुनै एउटा धारलाई मूलशक्तिका रूपमा
स्थापित गराउने र अरू दुइ-तीनवटा वैकल्पिक शक्ति खडा गर्ने,
जसले मूलशक्तिलाई चुनौती दिइरहून् । र, आफै“प्रति निर्भर रहने
ती सबै शक्तिहरूलाई आवश्यकता अनुसार सत्तामा पुर्याउन वा पर्छार्न
सूत्रधारको भूमिका खेल्ने । यो गोलचक्करको उद्देश्य हो- नेपालमा
सदैव दिल्लीको मुख ताक्ने प्रवृत्ति हाबी भइरहोस् र त्यसैको
आडमा आफ्ना सुरक्षा एवम् आर्थिक स्वार्थहरू पूरा गर्न सकियोस्
।
राजालाई किनारा लगाइएको र माओवादीले सत्ता-सि“ढी
चढेको अवस्थामा भारतीय संस्थापन मधेस मुद्दालाई भावी अस्त्रका
रूपमा अगाडि बढाउन चाहन्छ । पटना सम्मेलनको प्रस्ट सन्देश थियो-
अब भारतको नेपाल नीति निर्माण मधेस एउटा मुख्य मुद्दाका रूपमा
रहनेछ । यदि कुनै विन्दुमा पुगेर भारतस“ग असमझदारी चर्केको खण्डमा
माओवादीहरू चीन र सायद अमेरकिास“ग पनि नजिकिन खोज्नेछन् ।
नेपालमा बढ्दो 'प्रिm-तिब्बत' गतिविधिले गर्दा
माओवादीजस्तो नया“ शक्तिस“ग सम्बन्ध बढाउनुपर्ने सामरकि बाध्यता
चीनका सामु आइसकेको छ । किनभने, उसको पुरानो रणनीतिक मित्रका
रूपमा रहेको नेपाली राजतन्त्र लगभग शक्तिहीन अवस्थामा पुगिसकेको
छ । र, विकल्पमा माओवादीबाहेक अन्य कुनै प्रभावशाली सङ्गठित
शक्ति देखिन्न ।
माओवादीले भविष्यमा सत्ता सञ्चालनार्थ चिनिया“
र भारतीय कार्डको पालैपालो प्रयोग गर्न थालेमा यो मुलुक नया“खाले
शीतयुद्धको थलो पनि बन्नसक्छ । अथवा, यी दुइ छिमेकीले नेपाललाई
आ-आफ्नो प्रभाववृत्तमा राखिरहन माओवादी सत्तालाई झन्झन् बढी
सहयोग पुर्याउने होडबाजी पनि चल्न सक्छ ।
चिनिया“ भाषामा अवसर र सङ्कट दुवै अर्थ जनाउने
शब्द एउटै छ । माओवादीका सामु त्यस्तै अवस्था आउ“दैछ । उनीहरू
सङ्कटतिर उन्मुख हुन पनि सक्छन् वा यसलाई अवसरमा परण्िात गरेर
छलाङ् मार्न पनि सक्छन् । र, त्यो मुख्यतः भारतस“ग कस्तो सम्बन्ध
हुनेछ भन्नेमै निर्भर रहन्छ । अनि, त्यसस“गै अहिले धेरैको मनमा
रहेको प्रश्नको जवाफ पनि पाइनेछ- माओवादीलाई भारतले उपयोग गर्यो
कि भारतलाई माओवादीले ? |