Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

  नेपाल
  झटारो
  चरितचर्चा
  आँखीझ्याल
  अभिमत
  आउट अफ फ्रेम
  हामी नेपाली
  संवाद
  राजनीति
  छोटकरी
  आवरण
  सीमापारि
  शान्तिप्रक्रिया
  अर्थ
  खेलकुद
  डायास्पोरा
  प्रवास
  बसिबिया“लो
  जीवन र कला
  अनुभूति
  साहित्य
  पुस्तक
  इन्द्रेणी
  नोटबुक
 
 
जीवन र कला
 
 
खाना
टोलटोलमा तन्दुरी

मःम, चाउमिन छाडेर तन्दुरी रोटीतिर

नीलम घिमिरे

राजधानीका अधिकांश सडकछेउ भेटिन्छन्, तन्दुरी भोजनालय । त्यसमा पनि धेरैको साइनबोर्डमा लेखिएको हुन्छ, लुम्बिनी भोजनालय । जतिबेला पनि भीडभाड नै हुन्छ । सहरका मह“गा रेस्टुरा“हरूको भन्दा यी रोटी खुवाउने सस्ता भोजनालयको व्यापार आकर्ष छ ।

अधिकांश कामकाजी युवकयुवतीहरू बजारु छरतिा खाना मःम, चाउचाउ, चाउमिन छोडेर तरकारीसित तन्दुरी रोटी खाइरहेका भेटिन्छन् । किन त - तन्दुरी रोटीलाई बिहानको खाना बनाउ“दै गरेका प्रकाश शर्मा भन्छन्, "कलेज सकेर काममा जानर्ुपर्छ  । घरमा खान जान भ्याइ“दैन अनि सस्तो तथा राम्रो पनि भएकाले तन्दुरी र तरकारी खान्छु ।" सस्तो र मीठो भएकाले सबैको मेनुमा परेको छ, तन्दुरी ।

अर्का तन्दुरीप्रेमी दीपक क्षेत्री, २५, ठट््टा गर्दै भन्छन्, "मिर्ठाई खाउ“m भनेको त तन्दुरी भोजनालय भइसकेछ । अनि, तन्दुरी खान आउन थालेको ह“ु ।" मिर्ठाई व्यवसाय खस्केपछि पसल बन्द भयो अनि अहिले तन्दुरी भ्याइनभ्याई चलेको छ ।

शान्तिनगर गेटस“गै रहेको लुम्बिनी भोजनालय हो त्यो । झविलाल घिमिरे, ४१, ले भोजनालय खोल्नुअघि त्यहा“ मिर्ठाई पसल थियो । उनले कम लगानी र राम्रो आम्दानीवाला नया“ पेसा अ“गालेको तीन महिना भएको छ । सटरभाडा, कालिगढ -तन्दुरी रोटी बनाउने) र अन्य गरी छ जना कर्मचारीलाई १५ हजार रुपिया“ मासिक खर्च गर्दा पनि झविलाल लोभलाग्दो आम्दानी गर्दैछन्  ।

पुतलीसडक न्युप्लाजादेखि खसीबजार हु“दै बसपार्कसम्मको तेर्र्सो बाटो लगभग दर्ुइ सय मिटरको छ । यसै बाटोमा मात्रै आठवटा तन्दुरी भोजनालय छन्, जहा“ छवटा त लुम्बिनी भोजनालयका नाममा छन् । अधिकांश व्यवसायी नातागोता पर्छन् । अधिकांश तन्दुरी व्यवसायी पाल्पा, स्याङ्जा, अर्घर्ाा“ची, रूपन्देही, कपिलवस्तुलगायत लुम्बिनी अञ्चलका बासिन्दा छन् । त्यसैले नाम पनि एउटैजस्तो हुने गरेको छ । कतिपयले चाहि“ कान्तिपुर, पश्चिमाञ्चल वा पाल्पाली भोजनालय राखेको भेटिन्छ ।

नेपालमा लुम्बिनी तन्दुरी नै किन त - लुम्बिनी अञ्चलबाट पनि कामको सिलसिलामा भारत जाने युवाहरूको सङ्ख्या उत्तिकै छ । भारतमा सिकेको सीप नै नेपालको राजधानीमा व्यवसायको आधार बनेको छ ।

मामाभान्जा, काकाका मात्र ६० भोजनालय रहेको अर्घर्ाा“चीका व्रि्रोही घिमिरे बताउ“छन् । उनी भारतको लुधियानामा लगभग दर्ुइ वर्षरोटी बनाउने काम सिकेर नेपाल आएका हुन् । खसीबजार, बालाजु, पुतलीसडक, न्युरोडलगायत बबरमहलमा आफ्ना तन्दुरी भोजनालय रहेको उनी बताउ“छन् । खसीबजारको भोजनालयमा मात्र ११ जना कर्मचारी छन् ।

उपत्यकामा लगभग १ सय ६० को हाराहारीमा तन्दुरी भोजनालय छन् । सरदर प्रतिभोजनालय १५ किलोसम्म पीठो खपत हुन्छ । सरर्सर्ती हर्ेदा उपत्यकामा दिनहु“ २ हजार ४ सय किलो पीठो तन्दुरीका लागि मात्र खपत हुने देखिन्छ । व्यवसायीहरूका अनुसार १ किलो पीठोबाट १८ देखि २२ वटासम्म रोटी तयार हुन्छ । प्रतितन्दुरी बढीमा पा“च रुपिया“ मूल्य पर्छ ।

पाल्पाका डोलराज भुसाल १५ वर्षा मात्र भए । तर, हर्ेर्दै खाउ“m-खाऊ“ लाग्ने तन्दुरी बनाउन पोख्त छन् । डोलराजले १ कक्षा पनि पढेका छैनन् तर उनको हातमा सीप छ । त्यही सीपले बा“च्न सघाएको छ । खसीबजारमा रहेको लुम्बिनी भोजनालयमा उनी आफ्ना बुबास“गै बिहान साढे ६ बजेदेखि राती ११ बजेसम्म तन्दुरी पकाउन व्यस्त हुन्छन् । लगातार ४० जनासम्मलाई तन्दुरी खुवाउ“दै आएका डोलराज छ महिनदेखि तन्दुरी बनाउ“दैछन् ।

सामान्यतया तन्दुरी बनाउनेले महिनाको पा“च हजार रुपिया“ तलब पाउ“छन् । तर, सिकारु भएकाले डोलराज १ हजार ८ सय रुपिया“ तलबमा काम गररिहेका छन् । डोलराज दिनमा १५ किलो पीठोको ६ सय तन्दुरी बनाउ“छन् ।

नेपालमा दाल वा तरकारीस“ग रोटी खाने प्रचलन भारतबाट आएको हो । सादा रोटीबाट सुरु भएको यसका सादा परौठा, आलु परौठा, अन्य परौठा, नान, अन्य नान, पुरीलगायतका विविध रूप छन् । त्यसमा भारतीय रोटी र पन्जाबी रोटी निकै लोकप्रिय छन् । पछिल्लो समय इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, सिङ्गापुरमा पनि खाजाका रूपमा रोटीको प्रयोग गरन्िछ । यी देशहरूमा मैदाको रोटी बनाइन्छ ।

सादा रोटी बनाउने आवश्यक सामग्री गहु“को पीठो, नुन र पानी हुन् । यसलाई पकाउन चेप्टो वा हल्का गहिरो तावा प्रयोग गरन्िछ । अनि, तावा तातिसकेपछि आगोको कोइलामा राखेर यसलाई उस्काइन्छ । तर, तन्दुरी भने अघिल्लो दिनमा पीठोमा थोरै बेकिङ् पाउडर मिर्साई भिजाएर राखिन्छ । कसैले स्वादका लागि थोरै नुन पनि राख्छन् । भोलिपल्ट पकाउनका लागि तयार हुन्छ । सामान्यतया तन्दुरी पकाउनका लागि खस्रो पीठोको प्रयोग हुन्छ । पकाउनका लागि अग्लो ठूलो ड्रमभित्रबाट माटोले लिपिन्छ अनि बाहिरबाट पनि । त्यसपछि तल कोइला बालेर ड्रमको भित्र माथि पीठोलाई हातले रोटी बनाई सेकाउने गरन्िछ  । केहीछिनमा एकातर्फाटै रोटी तयार हुन्छ ।

तन्दुरी रोटी खाने लहरमा महिला हुन् या पुरुष, युवा हुन् या वृद्ध सबै समेटिएका हुन् । उच्च वर्गका हुन् या मध्यम या निम्न वर्गका सबैलाई तानेको छ तन्दुरीले । रोटीको सबैभन्दा पुराना तन्दुरी भोजनालय व्यवसायीमा पर्छन्, कृष्ण पोखरेल । उनी बालाजुमा तन्दुरी भोजनालय खोलेर बसेका छन् । भन्छन्, "हरेक वर्ग र उमेर समूहलाई समेट्न सकेका छा“ै । सस्तो, सफा र मीठो खुवाउन सफल भएकाले यो व्यवसाय फस्टाएको हो ।"

स्वास्थ्यलाई रोटी खाने बानीले कस्तो प्रभाव पार्छ त - वीर अस्पतालकी खाना विशेषज्ञ राजेश्वरी पाण्डेका अनुसार, खानामा तन्दुरी रोटी अत्यन्त फाइदाजनक हुन्छ तर पीठो भने खस्रो हुनुपर्‍यो । अनि, कुनै पनि रसायन वा भनौ“ बेकिङ् पाउडर हाल्नुभएन ।

त्यसैगरी तन्दुरी खा“दा सन्तुलित रूपमा खायो भने बिहान-बेलुका नै खा“दा अझ राम्रो हुन्छ स्वास्थ्यका लागि । तर, साथमा दाल, तरकारी, रेसादारजस्तो सागपात बढी खाने अनि दूध, दही, हल्का फलफूल मिलाएर खायो भने निकै राम्रो हुन्छ । पाण्डे भन्छिन््, "अचेल चामलको त कामै छैन । सबै पालिस लगाएर यसमा भएको भिटामिन बी जति गायब पारएिको हुन्छ ।"

चिकित्सकका अनुसार, चामल ढि“कीमा कुटेर खा“दा मात्र भिटामिनयुक्त हुन्छ । तर, व्यापारीहरू राम्रो देखाउनतिर मात्र लागेका देखिन्छन् । राम्रो र आकर्ष देखाउने होडमा खानामा स्वास्थ्यको ख्याल नहुने गरेको गुनासो खानाविज्ञको छ । र, त्यसको विकल्प लोकप्रिय हु“दै गइरहेको तन्दुरी रोटी हुनसक्छ ।

 
 
 
 
विविध
कमजोर किस्मत

सहरयिा सुकुमार घुमघामको सिलसिलामा गाउ“ पुगेपछि सुन्दरी युवतीस“ग भेटघाट हुन्छ र तत्कालै शारीरकि सर्म्पर्क पनि । सुकुमार सहर फर्किएपछि नायिकालाई वाक्वाकी लाग्न सुरु हुन्छ । त्यसपछि झोलातुम्बा बोकी बुबालाई अगाडि लगाएर गडबडी मच्याउने ठिटाको खोजीमा सहर पस्िछन् युवती । युवतीले गाउ“ छाडेपछि कथाले अर्कै मोड लिन्छ आमसूत्रात्मक चलचित्रले जस्तो । यही कथा बोकेको चलचित्र किस्मतले गतवर्षमोफसलमा सफलताको झन्डा गाड्यो । यतिबेला यो चलचित्र राजधानीका झन्डै एक दर्जन हलमार्फ पर््रदर्शनमा छ ।

चलचित्र सिर्जनाको माध्यम हो भने किस् मत त्यो वृत्तमा पर्दैन । बासी कथाको पछिल्लो संस्करण हो यो । चलचित्रलाई सर्न्दर्भ सामग्री बनाएर पटकथा, विषयवस्तु छनोटमा नवीनता खोज्ने हिम्मत गरेको भए निर्देशकले चौतर्फी सलाम भेट्न सक्थे । किस्मतको कमजोर पक्ष नै विषयवस्तु र निर्देशकको छनोट हो ।

किस्मतको प्लस प्वाइन्ट के भने संवाद, सङ्गीत, कलाकारको अभिनय र सिनेमा स्कोप क्यामर ाले खिचेका दृश्यहरू दर्शकले मन पराएका छन् । सबैभन्दा तारपिmयोग्य पक्ष भनेकै कलाकारको काम हो । नया“ नायक आर्यन सिग्देल खरो उत्रिएका छन् । नया“ भूमिकामा देखिएकी निर्मात्री नायिका रेखा थापाले आफूलाई भर्सटायल कलाकारका रूपमा पुष्टि गरेकी छन् ।

आमचलचित्रको तुलनामा किस् मतमाथि छ । यद्यपि, यस चलचित्रले पार्ने प्रभाव खतर नाक छ । बासी कथावस् तुले सफलता पाएपछि चलचित्रकर्मीले नवीन विषय खोज्ने झन्झट गर्ने छैनन् । सामाजिक द्वन्द्वप्रधान चलचित्र किस् मत्ले आमनिर्माता तथा निर्देशकलाई यही हिसाबमा अल्छे बनाइदिन्छ ।

 
अचानक

एक समयका चर्चित गायक तथा सङ् गीतकार दिनेश सुब्बा हङ्कङ्मा रहेका नेपाली गीत-सङ् गीतप्रेमी एवम् बालबालिकालाई सङ्गीत प्रशिक्षण दिन व्यस् त छन् ।

नेपालमै प्रशस्त चर्चा पाइरहेका बेला हङ्कङ् आउनुभएछ नि -

मेरो व्यक्तिगत इच्छा यहा“ आउने थिएन, म नेपालकै साङ्गीतिक वातावरणमा रमाइरहेको थिए“ । तर, परविार र बालबच्चाका कारण आउनुपर्‍यो ।

तपाईंलाई चर्चामा ल्याउने सङ् गीतहरू कुनकुन मान्नुहुन्छ -

'बादलुको घुम्टोले इलाम बजार छोपि“दा'ले मलाई मात्र होइन, यम बराललाई पनि नेपाली साङ्गीतिक फा“टमा स् थापित हुन सहयोग पुर्‍याएको मान्छु । त्यसैगरी 'त्रि्रो हाम्रो मनको दूरी बढेजस्तो छ', 'थाहा नपाई मेरो माया तिमीसित बस्यो है', 'मैले रोजेको फूल टिप्न सकिन“, चाही नै रहे“ तर पाउन सकिन“', 'तिमी हेर्र्छौ भने यो जिन्दगीमा नदेखिने घाउ धेरैधेरै छन्' आदि अत्यधिक चर्चामा रहेका गीतहरू हुन्  । यसबाहेक र ामकृष्ण ढकालको पहिलो रेकर्डर्ेेगीत 'हाम्रो सुन्दर संसार थियो' चर्चित थियो ।

हङ्कङ्मा सङ्गीत एकेडेमी चलाउने विचार कसरी आयो -

यो मेरो आधुनिक गीत-सङ् गीत संरक्षणतर्फो रुचि पनि हो  । यहा“को सङ्गीत प्रशिक्षण केन्द्रहरूमा तालिम लिनुपरेमा मह“गो शुल्क तिर्नुपर्ने अनि नेपालीलाई भाषागत समस्या पनि छ । यो नेपालीहरूलाई सङ्गीत प्रशिक्षण गराउने एक मात्र एकेडेमी हो ।

हङ्कङ्मा नेपाली गीत सङ् गीतहरूप्रतिको रुचि कस् तो छ -

यहा“ रहेका नेपालीहरू सबैखाले सङ्गीत मन पराउ“छन् । यसै वर्षयहा“का प्राइमरी लेभलका कक्षाहरूमा नेपाली सङ्गीतलाई ऐच्छिक विषयका रूपमा मान्यता दिइएको छ ।


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur