टोलटोलमा तन्दुरी
मःम, चाउमिन छाडेर तन्दुरी रोटीतिर
नीलम घिमिरे
राजधानीका
अधिकांश सडकछेउ भेटिन्छन्, तन्दुरी भोजनालय । त्यसमा पनि
धेरैको साइनबोर्डमा लेखिएको हुन्छ, लुम्बिनी भोजनालय ।
जतिबेला पनि भीडभाड नै हुन्छ । सहरका मह“गा रेस्टुरा“हरूको
भन्दा यी रोटी खुवाउने सस्ता भोजनालयको व्यापार आकर्ष
छ ।
अधिकांश कामकाजी युवकयुवतीहरू बजारु छरतिा खाना मःम,
चाउचाउ, चाउमिन छोडेर तरकारीसित तन्दुरी रोटी खाइरहेका
भेटिन्छन् । किन त - तन्दुरी रोटीलाई बिहानको खाना बनाउ“दै
गरेका प्रकाश शर्मा भन्छन्, "कलेज सकेर काममा जानर्ुपर्छ
। घरमा खान जान भ्याइ“दैन अनि सस्तो तथा राम्रो पनि भएकाले
तन्दुरी र तरकारी खान्छु ।" सस्तो र मीठो भएकाले
सबैको मेनुमा परेको छ, तन्दुरी ।
अर्का तन्दुरीप्रेमी दीपक क्षेत्री, २५, ठट््टा गर्दै
भन्छन्, "मिर्ठाई खाउ“m भनेको त तन्दुरी भोजनालय
भइसकेछ । अनि, तन्दुरी खान आउन थालेको ह“ु ।" मिर्ठाई
व्यवसाय खस्केपछि पसल बन्द भयो अनि अहिले तन्दुरी भ्याइनभ्याई
चलेको छ ।
शान्तिनगर गेटस“गै रहेको लुम्बिनी भोजनालय हो त्यो ।
झविलाल घिमिरे, ४१, ले भोजनालय खोल्नुअघि त्यहा“ मिर्ठाई
पसल थियो । उनले कम लगानी र राम्रो आम्दानीवाला नया“ पेसा
अ“गालेको तीन महिना भएको छ । सटरभाडा, कालिगढ -तन्दुरी
रोटी बनाउने) र अन्य गरी छ जना कर्मचारीलाई १५ हजार रुपिया“
मासिक खर्च गर्दा पनि झविलाल लोभलाग्दो आम्दानी गर्दैछन्
।
पुतलीसडक न्युप्लाजादेखि खसीबजार हु“दै बसपार्कसम्मको
तेर्र्सो बाटो लगभग दर्ुइ सय मिटरको छ । यसै बाटोमा मात्रै
आठवटा तन्दुरी भोजनालय छन्, जहा“ छवटा त लुम्बिनी भोजनालयका
नाममा छन् । अधिकांश व्यवसायी नातागोता पर्छन् । अधिकांश
तन्दुरी व्यवसायी पाल्पा, स्याङ्जा, अर्घर्ाा“ची, रूपन्देही,
कपिलवस्तुलगायत लुम्बिनी अञ्चलका बासिन्दा छन् । त्यसैले
नाम पनि एउटैजस्तो हुने गरेको छ । कतिपयले चाहि“ कान्तिपुर,
पश्चिमाञ्चल वा पाल्पाली भोजनालय राखेको भेटिन्छ ।
नेपालमा लुम्बिनी तन्दुरी नै किन त - लुम्बिनी अञ्चलबाट
पनि कामको सिलसिलामा भारत जाने युवाहरूको सङ्ख्या उत्तिकै
छ । भारतमा सिकेको सीप नै नेपालको राजधानीमा व्यवसायको
आधार बनेको छ ।
मामाभान्जा, काकाका मात्र ६० भोजनालय रहेको अर्घर्ाा“चीका
व्रि्रोही घिमिरे बताउ“छन् । उनी भारतको लुधियानामा लगभग
दर्ुइ वर्षरोटी बनाउने काम सिकेर नेपाल आएका हुन् । खसीबजार,
बालाजु, पुतलीसडक, न्युरोडलगायत बबरमहलमा आफ्ना तन्दुरी
भोजनालय रहेको उनी बताउ“छन् । खसीबजारको भोजनालयमा मात्र
११ जना कर्मचारी छन् ।
उपत्यकामा लगभग १ सय ६० को हाराहारीमा तन्दुरी भोजनालय
छन् । सरदर प्रतिभोजनालय १५ किलोसम्म पीठो खपत हुन्छ ।
सरर्सर्ती हर्ेदा उपत्यकामा दिनहु“ २ हजार ४ सय किलो पीठो
तन्दुरीका लागि मात्र खपत हुने देखिन्छ । व्यवसायीहरूका
अनुसार १ किलो पीठोबाट १८ देखि २२ वटासम्म रोटी तयार हुन्छ
। प्रतितन्दुरी बढीमा पा“च रुपिया“ मूल्य पर्छ ।
पाल्पाका
डोलराज भुसाल १५ वर्षा मात्र भए । तर, हर्ेर्दै खाउ“m-खाऊ“
लाग्ने तन्दुरी बनाउन पोख्त छन् । डोलराजले १ कक्षा पनि
पढेका छैनन् तर उनको हातमा सीप छ । त्यही सीपले बा“च्न
सघाएको छ । खसीबजारमा रहेको लुम्बिनी भोजनालयमा उनी आफ्ना
बुबास“गै बिहान साढे ६ बजेदेखि राती ११ बजेसम्म तन्दुरी
पकाउन व्यस्त हुन्छन् । लगातार ४० जनासम्मलाई तन्दुरी
खुवाउ“दै आएका डोलराज छ महिनदेखि तन्दुरी बनाउ“दैछन् ।
सामान्यतया तन्दुरी बनाउनेले महिनाको पा“च हजार रुपिया“
तलब पाउ“छन् । तर, सिकारु भएकाले डोलराज १ हजार ८ सय रुपिया“
तलबमा काम गररिहेका छन् । डोलराज दिनमा १५ किलो पीठोको
६ सय तन्दुरी बनाउ“छन् ।
नेपालमा दाल वा तरकारीस“ग रोटी खाने प्रचलन भारतबाट
आएको हो । सादा रोटीबाट सुरु भएको यसका सादा परौठा, आलु
परौठा, अन्य परौठा, नान, अन्य नान, पुरीलगायतका विविध
रूप छन् । त्यसमा भारतीय रोटी र पन्जाबी रोटी निकै लोकप्रिय
छन् । पछिल्लो समय इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड,
सिङ्गापुरमा पनि खाजाका रूपमा रोटीको प्रयोग गरन्िछ ।
यी देशहरूमा मैदाको रोटी बनाइन्छ ।
सादा रोटी बनाउने आवश्यक सामग्री गहु“को पीठो, नुन र
पानी हुन् । यसलाई पकाउन चेप्टो वा हल्का गहिरो तावा प्रयोग
गरन्िछ । अनि, तावा तातिसकेपछि आगोको कोइलामा राखेर यसलाई
उस्काइन्छ । तर, तन्दुरी भने अघिल्लो दिनमा पीठोमा थोरै
बेकिङ् पाउडर मिर्साई भिजाएर राखिन्छ । कसैले स्वादका
लागि थोरै नुन पनि राख्छन् । भोलिपल्ट पकाउनका लागि तयार
हुन्छ । सामान्यतया तन्दुरी पकाउनका लागि खस्रो पीठोको
प्रयोग हुन्छ । पकाउनका लागि अग्लो ठूलो ड्रमभित्रबाट
माटोले लिपिन्छ अनि बाहिरबाट पनि । त्यसपछि तल कोइला बालेर
ड्रमको भित्र माथि पीठोलाई हातले रोटी बनाई सेकाउने गरन्िछ
। केहीछिनमा एकातर्फाटै रोटी तयार हुन्छ ।
तन्दुरी
रोटी खाने लहरमा महिला हुन् या पुरुष, युवा हुन् या वृद्ध
सबै समेटिएका हुन् । उच्च वर्गका हुन् या मध्यम या निम्न
वर्गका सबैलाई तानेको छ तन्दुरीले । रोटीको सबैभन्दा पुराना
तन्दुरी भोजनालय व्यवसायीमा पर्छन्, कृष्ण पोखरेल । उनी
बालाजुमा तन्दुरी भोजनालय खोलेर बसेका छन् । भन्छन्, "हरेक
वर्ग र उमेर समूहलाई समेट्न सकेका छा“ै । सस्तो, सफा र
मीठो खुवाउन सफल भएकाले यो व्यवसाय फस्टाएको हो ।"
स्वास्थ्यलाई रोटी खाने बानीले कस्तो प्रभाव पार्छ त
- वीर अस्पतालकी खाना विशेषज्ञ राजेश्वरी पाण्डेका अनुसार,
खानामा तन्दुरी रोटी अत्यन्त फाइदाजनक हुन्छ तर पीठो भने
खस्रो हुनुपर्यो । अनि, कुनै पनि रसायन वा भनौ“ बेकिङ्
पाउडर हाल्नुभएन ।
त्यसैगरी तन्दुरी खा“दा सन्तुलित रूपमा खायो भने बिहान-बेलुका
नै खा“दा अझ राम्रो हुन्छ स्वास्थ्यका लागि । तर, साथमा
दाल, तरकारी, रेसादारजस्तो सागपात बढी खाने अनि दूध, दही,
हल्का फलफूल मिलाएर खायो भने निकै राम्रो हुन्छ । पाण्डे
भन्छिन््, "अचेल चामलको त कामै छैन । सबै पालिस लगाएर
यसमा भएको भिटामिन बी जति गायब पारएिको हुन्छ ।"
चिकित्सकका अनुसार, चामल ढि“कीमा कुटेर खा“दा मात्र
भिटामिनयुक्त हुन्छ । तर, व्यापारीहरू राम्रो देखाउनतिर
मात्र लागेका देखिन्छन् । राम्रो र आकर्ष देखाउने होडमा
खानामा स्वास्थ्यको ख्याल नहुने गरेको गुनासो खानाविज्ञको
छ । र, त्यसको विकल्प लोकप्रिय हु“दै गइरहेको तन्दुरी
रोटी हुनसक्छ ।